Khadya Bibhag

अन्ना हजारे बन्ने योजना थियो पुरुषोत्तम यादवकोे

जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले भदौं २३ र २४ गते भएको जेनजीको आन्दोलनका कल्पना समेत गर्नुभएको थिएन । समान्या दुई चार सय आउँछन्, विरोध हुन्छन् र आन्दोलन सकिन्छ भनि सोचाइ उहाँको थियो । आन्दोलनका लागि सिडियोसँग अनुमति लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाँदा त्यहाँ सोधिएको उहाँलाई सोधिएको थियो आन्दोलनमा कति मान्छे हुन्छ ।
उहाँको जवाफ थियो दुईदेखि तीन सय हुन्छ होला ।’ जेनजीका नेता यादवले भन्नुहुन्छ, तर सरकारको तयारीको कमजोरी र लापरबाहीकै कारण अवस्था बेकाबु बन्यो ।’ भदौं २३ गते हुने आन्दोलनका लाग तीन दिनअगाडि मात्र सामाजिक सञ्जालमार्फत आन्दोलनको आह्वान उहाँहरुले गर्नुभएको थियो ।
“हाम्रो योजना शान्तिपूर्ण नाराबाजी र प्रतीकात्मक विरोधको थियो,” यादवले भन्नुभयो, “माइतीघरबाट एभरेष्ट होटलसम्म ¥याली गर्ने, र त्यहाँबाट पुनः माइतीघर फर्किने तयार थियो । त्यो आन्दोनलपछि म व्यक्तिगत रूपमा माइतीघरमा भारतमा अन्ना हजारेले बसेको अनशन जस्तै एक महिना बस्ने तयारीमा थिए । तर आन्दोलनको दिन माइतीघरमा हजारौंको संख्यामा मानिसहरूको उपस्थितिले हामी स्वयं चकित परे । हामीले यति ठुलो भीडको अपेक्षा गरेका थिएनौं ।”
माइतीघारबाट बानेश्वरतिर आन्दोलन पूर्णतः शान्तिपूर्ण रुपमा अघि बढेको थियो तर एभरेष्ट होटल नजिकै पुगेपछि अर्को जुलुस बानेश्वरतिरबाट बाजागाजासहित आउँदा स्थिति बिग्रेको थियो । बानेश्वर तीनकुने तथा विभिन्न गल्ली र सडकबाट मान्छेको भिड बानेश्वर चौकमा अचानक बढ्न थाल्यो । मोटर साइकमा हुलका मान्छेहरु आउने थाले । हुलका हुल मान्छे आउन थाले, अचानक यो के भयो भनि पुरुषोत्तम यादवलाई मात्र होइन, जेनजी आन्दोलनमा लागेका धेरैलाई लागेको थियो । तर प्रहरीको कुनै तयारी थिएन । त्यो भीडले प्रहरीको ब्यारिकेड सजिलै तोडिएको र त्यसपछि प्रहरी पछाडि हटेपछि भीड अनियन्त्रित भएको पुरुषोत्तम यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले रोक्न खोज्यौं, सम्झायौं, तर भीडले हामीलाई समेत आक्रमण गर्न थाले” उहाँ भन्नुभयो ।
उहाँका अनुसार आन्दोलनमा केही घुसपैठिया पनि हुनसक्ने आशंका छ, तर अधिकांश सहभागी भ्रष्टाचारविरुद्ध आक्रोशित नागरिक नै थिए । “संसद् भवन जस्तो संवेदनशील क्षेत्रमा प्रहरीको तयारी अत्यन्त कमजोर थियो,” यादवले सरकारको आलोचना गर्दै भन्नुभयो, “पानीको फोहोरा, बलियो ब्यारिकेड र पर्याप्त संख्या प्रहरी हुनुपर्ने हो, तर केही पनि थिएन ।” उहाँले आन्दोलन चर्कनु र हिंसात्मक बन्नुमा सरकारको खुफिया संयन्त्रको असफलता र समयमै निर्णय नलिनु प्रमुख कारण भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “१९ जनाको ज्यान गएको रातमै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो । उल्टो त्यही चुप लागेर बस्दा जनआक्रोश झन् विस्फोट भयो ।”
उहाँले स्पष्ट रूपमा भन्नुभयो, “हामीले यस्तो अवस्था आउला भनेर सोचेकै थिएनौं । हाम्रो भनाइ थियो, शान्तिपूर्ण श्रद्धाञ्जली सभा र घर–घरबाट आन्दोलन अघि बढाउने । तर भोलिपल्ट आन्दोलन नियन्त्रणबाहिर गयो ।” सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र नेताहरूका निवासहरूमा आक्रमण हुनु, प्रहरी चौकीहरू जलिनु, यी सबैलाई यादवले जनआक्रोशको बिस्फोट भनेका छन् । अन्त्यमा यादवको गम्भीर प्रश्न थियो – “सरकारले यो अवस्था किन हुन दियो ? यसको जिम्मेवारी कसले लिन्छ?” उहाँले सरकारको गैरजिम्मेवारीपन र संवेदनहीनता नै नरसंहारको जड भएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया