Khadya Bibhag

ओली नसुध्रिए पछि आफै बाटो लाग्ने कमरेडहरु

नेकपा एमालेको जारी महाधिवेशनको संघारमा पार्टीभित्र अनौठो विरोधाभास देखिएको छ । एकातिर पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधनको बलमा तेस्रो कार्यकालका लागि शक्तिमा रहिरहने कसरतमा हुनुहुन्छ भने अर्कोतिर उहाँसँगै दशकौंसम्म राजनीति गनुृभएका नेतादेखि नयाँ पुस्ताका सदस्यहरूले धमाधम सक्रिय राजनीति टाढि थालेका छन् । नेतृत्वको सत्ता मोह र पुस्तान्तरणप्रतिको अरुचि देखेर एमालेमा राजनीतिबाटै बिदा लिने र पार्टी परित्याग गर्नेहरू पनि देखिएका छन् । यसले ओलीको सत्ता मोह र पदलोलुप्ता प्रष्ट भएको छ ।

एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको बाध्यात्मक व्यवस्थालाई संशोधन गरेर अध्यक्ष ओली पुनः तेस्रो कार्यकालका लागि मैदानमा उत्रि सक्नु भएको छ । ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्ने चर्चा चलिरहँदा ओलीको यो कदमले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अवरुद्ध गरेको भन्दै असन्तुष्टि चुलिएको छ । ओलीले कुर्सी नछोड्ने छाँटकाँट देखेपछि उहाँकै समकालीन र पार्टीका शीर्ष नेताहरूले भने नैतिकताको आधारमा सक्रिय राजनीतिबाट विश्राम लिने बाटो रोज्नु भएको छ । एमालेका बहालवाला उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसक्नु भएको छ । त्यो अरु कारणले होइन, ओलीको दम्भ र उहाँको पदीय लालसाका कारण उहाँहरुले पार्टीको सक्रिय राजनीति छाड्नु भएको हो । त्यस्तै पूर्वमन्त्री तथा एमाले अनुशासन आयोगका अध्यक्ष केशब बडाल, स्थायी कमिटी सदस्य मुकुन्द घिमिरे, पोलिटब्यूरो सदस्य चुडामणि जंगली र दलबहादुर रानाले पनि राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ ।

एमालेमा निराशाको बादल शीर्ष तहमा मात्र होइन, उदीयमान युवा पंक्तिमा पनि मडारिएको छ । १०औं महाधिवेशनबाट पार्टीको इतिहासमै ‘कान्छी केन्द्रीय सदस्य’ बनेर चर्चामा आउनुभएको ईश्वरी जिएमले समेत सक्रिय राजनीतिबाट बिदा लिनु भएको छ । अर्का केन्द्रीय सदस्य भुपेन्द्र थापाले पनि ओलीको निरकुंशशैली सहन नसकेर सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ । पछिल्लो समय उदाएको जेनजी आन्दोलन र युवा पुस्ताको आकांक्षालाई एमाले नेतृत्वले सम्बोधन गर्न नसकेको र पार्टीमा रूपान्तरणको कुनै गुञ्जायस नदेखेपछि उहाँहरूले यो कठोर निर्णय लिनुभएको हो ।

आफ्नै उमेर समूहका सहयोद्धा र भविष्य बोकेका युवाहरूले ‘नेतृत्व नसुध्रिने’ निष्कर्षसहित पार्टी र राजनीति नै त्यागिरहँदा अध्यक्ष ओलीमाथि ठूलो नैतिक संकट आइलागेको छ । समकालीन साथीहरूले ‘रिटायर्ड’ जीवन रोज्दा पनि विधान बंग्याएर पदमा टाँसिरहने ओलीको शैलीले पार्टीको साख गिर्दै गएको विश्लेषण गर्न थालिएको छ ।

ओलीका खास मान्छे प्रदीप ज्ञवाली बिज्किनु भएको छ । उहाँ महासचिवको पद खोज्नु भएको थियो तर एमालेका अध्यक्ष ओलीले महासचिवमा शंकर पोखरेललाई अघि सारेपछि ज्ञवाली बरु केन्द्रीय सदस्य बस्छु तर उपाध्यक्ष बन्दिन भनेर महाधिवेशन स्थल नै छाड्नु भयो । त्यस्तै ओली निकट लालबाबु पण्डित, रघुजी पन्त, अग्नी खरेल, राजेन्द्र गौतम, भिम आचार्य लगायतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो एक प्रकारको ओली विरुद्धको विद्रोह हो ।

त्यस्तै, ओलीको सबभन्दा निकट मानिने गोकुल बाँस्कोटा पनि इश्वरी पोखरेलको टिमबाट उम्मेदारी दिनुभएको छ । कृष्णगोपाल श्रेष्ठ जो मन्त्री हुँदा ओलीलाई पेलेको संज्ञा दिनुभएको थियो, उहाँ पनि ओलीको साथ हुनुहुन्न । ओलीको निरकुंश शैली र हठपनाका कारण धेरै नेताले साथ छाड्नु भएको छ ।

तपाईको प्रतिक्रिया