Khadya Bibhag

मधेशीले प्रधानमन्त्री बनाउने कुलमानलाई लखेटे रविले

तपाईलाई पत्यार नलाग्न सक्छ कि मधेश केन्द्रीत दलहरुले उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ्गलाई प्रधानमन्त्रीको रुपमा अघि सारिसकेका थिए । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले उज्योलो नेपालका अध्यक्ष कुलमानलाई प्रधानमन्त्रीको रुपमा घोषणा गर्दै चुनावमा सहकार्यका लागि पाँच बुँदे सहमति गरेका थिए । तर जेनजी नेता सुदन गुरुङले जवर्जस्ती बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिसाएपछि यता मधेशवादी दलसँग भइसकेको सम्झौता सार्वजनिक हुन सकेन ।

तर रास्वपामा त्यही प्रधानमन्त्री पद मागेपछि कुलमानलाई रविले निकालेको चर्चा यहाँ भइरहेको छ । मन्त्रीबाट राजिनामा दिएपछि राजनीतिमा सक्रिय हुनुभएका कुलमान रास्वपामा आफ्नो पोजिसन खोज्नुभयो । आफ्नो पार्टीका नेताहरुको पदाधिकारी, समानुपातिकमा प्राथमिकता, प्रत्यक्षमा सीट बाँडफाँड र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको धारणामा स्पष्ट हुन मागे पनि उहाँ त्यहाँबाट हट्नु परेको थियो । रास्वपा स्रोतहरु भन्छन्, तीन वटा दलले आफूलाई प्रधानमन्त्रीमा अघि सारिसकेका छन् त्यो छाडेर तपाईहरुसँग मिलेको छु, त्यो अनुसारको पद नपाए यहाँ बस्नुको कुनै अर्थ नरहने धारणा कुलमानको थियो ।
रास्वपाको विचार, सिद्धान्त र एजेण्डा पनि प्रष्ट छैन, मन्त्री पद पनि छाडि सकेको अवस्थामा आफूले आफ्नो पार्टीका नेताहरुलाई के सन्देश दिने त्यसका लागि प्रधानमन्त्री वा पार्टी नेतृत्वमा आफूलाई अघि सार्न कुलमानले माग गरेपछि रविले त्यहाँबाट निकालेको स्रोतले जनाएको छ ।
कुलमान र उहाँको उज्यालो नेपाल पार्टी पुस १४ गते मध्यरात रास्वपामा मिसिएका थिए । सोही दिन अपराह्न बौद्धस्थित एक होटलमा समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गर्न बसेको उज्यालो नेपालको बैठकबाट सुदन गुरुङले आफ्नो गाडीमा हालेर कुलमानलाई कमलपोखरी पुर्याउनुभएको थियो । जहाँ रवि बालेन शाह कुलमानको प्रतिक्षामा बसिरहनु भएको थियो । त्यही रात घिसिङले आफ्नो नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराउनु भएको थियो । तर १२ दिन नपुग्दै त्यो एकता भंग भएको थियो ।

तपाईको प्रतिक्रिया