Khadya Bibhag

उपेन्द्र र सिके नमानेपछि प्रभुको शरणमा

गत पुस ९ गते जनता समाजवादी पार्टी नेपालसँग कार्यगत एकता गर्नुभएका स्वाधीन मधेस जनअभियानका अध्यक्ष कैलाश महतोले त्यो एकता तोडेर आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग एकता गर्नुभएको छ । मधेशलाई छुट्टै देश बनाउने भनि डा.सिके राउतसँग स्वतन्त्र मधेश गठबन्धनमार्फत आन्दोलन गर्नुभएका कैलाश महतो २०७५ मा राउतको साथ छाड्नु भएको थियो । सिके राउतले सरकारसँग २०७५ मा ११ बुँदे सम्झौता गरेर मुलधार आउनु भएको थियो । त्यो निर्णयबाट असन्तुष्ट भएर कैलाश महतो आफूलाई त्यहाँबाट अलग गर्नुभएको थियो र तराई मधेशमा छुट्टै अभियान चलाउनु भएको थियो ।
तर त्यो अभियान उहाँले लामो समय चलाउन सक्नुभएन । विभिन्न दलसँग मोर्चा, सहकार्य, कार्यगत एकता गर्दै राजनीतिमा संघर्ष गर्दै आउनु भएका कैलाश महतो पछिल्लो समय जसपा नेपालसँग कार्यगत एकता गर्नुभएको थियो तर जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग एकता गरेपछि कैलाश महतो त्यहाँबाट अलग हुनुभयो ।
उपेन्द्र यादवसँग आन्दोलनका लागि कार्यगत एकता भएको थियो तर उहाँ आन्दोलनका लागि तयार नभएपछि त्यहाँबाट अलग भएर आम जनता पार्टीसँग एकता गरेको जनअभियानका अध्यक्ष महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गतेअघि एक चरणको आन्दोलन गर्ने र त्यसपछि मात्र चुनावमा सहभागी हुने बारे उपेन्द्रजीसँग सहमति भएको थियो तर उहाँ आन्दोलन गर्न डराउनु भएको छ, गौर घटनाको बारेमा सरकारले छानविन अगाडि बढाएपछि उपेन्द्रजी त्यसबाट डराउनु भएको छ र आन्दोलनबाट पछाडी हटेर सिधै चुनावमा जानुभएको छ ।’
May be an image of blueprint and text
जसपा नेपालको साथ छाड्नुअघि कैलाश महतोले उपेन्द्र यादवसँग भेट्नु भएको थियो । हात्तिवनस्थित उहाँको निवासमा गएर भेट्दा गौर घटनाको छानविन भइरहेको कारण अहिले आन्दोलन गर्ने अवस्था छैन त्यही भएर चुनावको लागि अगाडि बढेको कुरा आफूसँग भनेको अध्यक्ष महतोले बताउनुभयो । उपेन्द्र यादवले आफ्नो अभियानलाई समानुपातिक वा राष्ट्रिय सभामध्ये कुनैमा समेट्ने कुरा समेत गरेपनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । यस्तै आफूले महोत्तरीबाट चुनाव लड्न खोज्दा पनि दिन उपेन्द्र यादवले नदिएको उहाँले दावी गर्नुभयो । उपेन्द्र यादवले साविकको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य उम्मेदवारका रूपमा अघि सानुभयो, पार्टीसँग एकता नै गर्नुभयो तर यी कुनै पनि कुरामा आफूसँग उहाँले सल्लाह नगरेको गुनासो अध्यक्ष महतोको रहेको छ ।
‘कार्यगत एकता भएपछि उपेन्द्रजीले हामीसँग कुनै सम्पर्क वा सल्लाह गर्नुभएन त्यस्तो एकताको कुनै अर्थ रहदैन भनेर अलग भएको हुँ, अध्यक्ष महतोले सहाराटाइम्ससँग भन्नुभयो । कैलाश महतो उपेन्द्र यादवसँग भेट्नुअघि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पनि भेट्नु भएको थियो । अध्यक्ष राउतसँग सहकार्यका लागि पनि महतोले आग्रह गर्नुभएको थियो । तर महतोले त्यहाँ पनि आन्दोलनकै शर्त राख्नुभएको थियो ।
May be an image of ticket stub and text
अध्यक्ष महतोले भन्नुभयो, ‘सिकेजीसँग पनि उपेन्द्र यादव जस्तै आन्दोलन गरौं त्यसपछि मात्र चुनाव जाउँ भनि प्रस्ताव गरेको थिए तर उहाँले पनि अहिले आन्दोलन गर्ने अवस्था छैन आफ्नो संगठन कमजोर भइसकेको छ, आन्दोलन घोषणा गरे पनि संगठनका मान्छे सडकमा आउदैनन् बरु उपेन्द्रजीसँग अहिले त्यो क्षमता छ त्यसैले तपाई उपेन्द्रजीसँग कुरा गर्नुस् भन्नुभएको थियो ।’ अध्यक्ष महतोले उपेन्द्र यादवसँग कुरा गर्दा आन्दोलनका लागि तयार नभएपछि अन्त्यमा उहाँ आजपाका अध्यक्ष प्रभु साहसँग मिल्नुभयो । आजपा अध्यक्ष साह अहिले पनि आन्दोलनमै हुनुहुन्छ । चुनावको तयारी र आन्दोलन सँगसँगै लगिरहनुभएको छ । त्यही भएर उहाँसँग कुरा मिल्यो र उहाँको पार्टीसँग एकता गरेको अध्यक्ष महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया