Khadya Bibhag

बम पड्किएपछि जेनजीमा तैचुप मैचुप

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बम आक्रोशित हुनुभएको छ । रक्षाले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर नै यसमा आपत्ति जनाइ सक्नुभएको छ ।
महान्यायधिवक्ता सविता भण्डारीले लामिछानेको मुद्दा फिर्ता लिन चालिएको कदम जेनजी आन्दोलनको विरुद्धको हो, सुशासनका लागि युवाहरूले सडकमा बगाएको रगतको उपहास हो भन्दै त्यसलाई फिर्ता लिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरिसक्नु भएको छ । यदि फिर्ता भएन भने जेनजी फेरि आन्दोलनमा आउछ । एउटा व्यक्तिका लागि पुरै जेनजी आन्दालनलाई बदनाम गर्न नमिल्ने बताउँदै उहाँले यसमा सरकारले पुन विचार गरोस् भनि उहाँले चेतावनीदिनुभएको छ ।
प्रचलित कानुनमै सम्पत्ति शुद्धिकरणको कसुर फिर्ता लिन नमिल्ने मुद्दाको नकारात्मक सूचीमा रहेको रक्षाले प्राधनमन्त्री कार्कीलाई स्मरण गराउनु भएको छ । रक्षाले मात्र होइन, जेनजी अभियन्ताहरू भावना राउत, माजिद अन्सारी, मोनिका निरौलालगायतले पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिनुभएको छ । देशभरका आधा दर्जन सहकारीबाट गैरकानुनी तवरले रकम झिकेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गर्नुभएको यो प्रकरणका रवि उहाँका तत्कालीन व्यावसायिक साझेदार जिवी राई र छविलाल जोशीविरुद्ध विभिन्न अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अझै विचाराधिन अवस्थामा छ । रवि धरौटीमा रिहा हुनुभएको छ तर प्रधानमन्त्री कार्कीले रविमाथि लागेका सबै मुद्दा फिर्ता लिने प्रकृया अघि बढाउनु भएको छ ।
त्यसको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले रिट पनि दायर गर्नुभएको छ । तर न्यायलय पनि प्रधानमन्त्री कार्कीको प्रभावमा परेको कारण रिटबाट कुनै परिणाम आउने कुरामा जेनजीका अगुवाहरु ढुक्क छैन । उता मिराज ढुगांनाले पनि विप्लवसँग सहकार्य गरेर सरकारको विरुद्धमा आन्दोलन सुरु गरिसकेका छन् तर सुदन गुरुङहरु यस बारेमा हालसम्म केही बोल्नुभएको छैन । रविको मुद्दा फिर्ता लिनु सही वा गलत के हो त्यसको बारेमा उहाँले हालसम्म कुनै प्रतिकृया दिनुभएको छैन ।

तपाईको प्रतिक्रिया