काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
यसअघि गत चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त हुनुभएका गुरुङले सम्पत्ति विवरणलाई लिएर विवाद र प्रश्नहरू उठेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो। उक्त विवादमा आवश्यक छानबिन र स्पष्टीकरणपछि प्रधानमन्त्री शाहले उहाँलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पनुभएको हो।
त्यस्तै, देशको विज्ञान, प्रविधि र नवप्रवर्तन (इन्नोभेसन) को क्षेत्रमा लामो समयदेखि क्रियाशील महावीर पुनलाई मन्त्री पदमा नियुक्त गरिनुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री शाहले पुनको विज्ञतालाई कदर गर्दै देशको प्रविधि विकासको नेतृत्व सुम्पिनुभएको बुझिएको छ।

तपाईको प्रतिक्रिया