नेपालमा चिनियाँ ओराल्ने यस्तो छ तयारी

नेपाल भारतबिच खुल्ला सीमा भएपनि चिनियाँहरु नै बढी नेपाल आएका छन् । जब नेपालमा चिनियाँ गतिविधि बढ्यो त्यसपछि अपराधका विभिन्न आयामहरु देखिन थालेका छन् । चिनियाँ अपराध नियन्त्रण भएको छैन । चिनियाँहरु विभिन्न आराधिक गतिविधिहरुमा संलग्न भएको पाइएको छ । तैपनि सरकारले चिनियाँ आगमनलाई रोक्न हिम्मत गरेको छैन । बरु कसरी चिनियाँहरु बढी आउछन् त्यसको उपायमा सरकार लागेको छ । सरकारले ‘नेपाल–चाइना एक्सप्लोरेशन टुर’ परियोजना शुरु गरेको छ ।
दुई देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको उक्त परियोजनाबारे जेठ १४ गते काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर औपचारिक जानकारी गरायो । सिजाङ पर्यटन संस्कृति उद्योग समूह, आइरिस पर्यटन संस्कृति उद्योग समूह र नेपाल पाण्डा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीले संयुक्त रुपमा शुरु गरेको अभियानमा काठमाडौँस्थित चाइना नेशनल टुरिस्ट अफिसले निर्देशकीय भूमिका खेल्ने बताइएको छ । यस अभियानले नेपालमा चिनियाँ पर्यटक र चीनमा नेपाली पर्यटकको संख्या बढाउने लक्ष्य राखेको छ ।
उक्त अभियान शुरु भएसँगै पछिल्लो एक हप्तामा ६०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी गराइयो । अभियानमा आवद्ध एजेन्सीहरुले दुवै देशमा पर्यटकहरुको बसाइ व्यवस्थापन,भ्रमण र मौलिक संस्कृतिको अवलोकन गराउनेछन् । प्रत्येक महिना ६ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको अभियानमा हिमालयन एयरलाइन्सले समेत सहकार्य गरेको छ । दुई देशको संस्कृतिलाई विश्वव्यापी बनाउन र पर्यटकको यात्रालाई सहज बनाउन हिमालय एअरलाइन्सको उडानले टेवा पुर्याउने अध्यक्ष चौ एनयोङको विश्वास छ । हप्तामा नियमित दुई उडान गर्ने जानकारी गराएको छ ।
उक्त अभियान शुरु भएसँगै पछिल्लो एक हप्तामा ६०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी गराइयो । अभियानमा आवद्ध एजेन्सीहरुले दुवै देशमा पर्यटकहरुको बसाइ व्यवस्थापन,भ्रमण र मौलिक संस्कृतिको अवलोकन गराउनेछन् । प्रत्येक महिना ६ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको अभियानमा हिमालयन एयरलाइन्सले समेत सहकार्य गरेको छ । दुई देशको संस्कृतिलाई विश्वव्यापी बनाउन र पर्यटकको यात्रालाई सहज बनाउन हिमालय एअरलाइन्सको उडानले टेवा पुर्याउने अध्यक्ष चौ एनयोङको विश्वास छ । जानकारहरुका अनुसार यो तरिकाले चिनियाँ भित्रयाएपछि पर्यटकीय हितमा कति फाइदाजनक हुन्छ त्यो पछिको कुरा हो तर अपराध बढ्ने निश्चित छ ।
पहिला पनि चाइनिजहरु आएर नेपालमा विभिन्न गलत गतिविधिमा संलग्न हुँदा थुप्रै जना पक्राउ परेका थिए । पहिला चाइनिजहरुको गतिविधि काठमाडौँमा केन्द्रीत थियो । तर अहिले भारत–नेपालको सीमा क्षेत्र तराई मधेशमा जान थालेका छन् । जानकारहरुका अनुसार तराई मधेशमा रहेका चाइजिनहरु अपराध कार्यमा संगल्न भएको जानकारहरु बताउछन् । चाइनिजहरु यसरी देशभर फैलिएपछि देशलाई सुरक्षा चुनौती हुने विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया