Khadya Bibhag

सांसद यादवले विद्यालयलाई वितरण गर्नुभयो मास्क र सेनिटाइजर

सहारा टाइम्स 

वीरगंज कात्तिक २० गते । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले दोस्रो दिन पनि वीरगञ्जका सामुदायिक विद्यालयहरूमा मास्क तथा सेनिटाईजर वितरण गर्नुभएको छ । 

मास्क तथा सेनिटाइजर वितरण कार्यक्रम अन्तर्गत सांसद यादवले वीरगञ्जको नरसिंह मावि तथा सिद्धार्थ मावि पिपरामा बिहिबार २ हजार पिस  मास्क तथा सेनिटाइजर वितरण गर्नुभएको हो । 

यसका साथै उहाँले कोरोनाको संक्रमणकालमा सुरक्षित पठन पाठनका  विद्यालयमा भइरहेको पूर्व तयारीको बारेमा स्थलगत अनुगमन गरी दुवै विद्यालयको अवस्थाको बारेमा शिक्षक शिक्षिका, प्रधानाध्यापकसँग साथमा जानकारी पनि लिनुभयो । 

कोरोनाको जोखिमको बेला सञ्चालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षार्थ सांसद यादवले बुधबार पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरुमा मास्क तथा सेनिटाइजन वितरण गर्नुभएको थियो । 

पहिलो चरण अन्तर्गत सांसद यादवले माईस्थान विद्यापिठ मावि, श्री सुन्दरमल राम कुमार कन्या मावि , त्रिजुद्ध उच्च मा।वि।, श्री नेरा उच्च मावि श्रीपुर तथा त्रिभुवन हनुमान माविमा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजन वितरण गर्नुभएको थियो । 

कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संकमणबाट बालबालिकालाइ जोगाउने उद्देश्यका साथ विद्यालय संचालन हुनु अगावै मास्क तथा सेनिटाईजर उपलब्ध गराइएको सासंद यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया