टिकापुर कात्तिक १९ गते । कृषि क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले महत्वपूर्ण सहयोग गर्दै आएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषि क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यालयले विभिन्न किसानलाई वर्र्सेनी लाखौँ रुपैयाँ बराबरको कृषि औजार, मलखाद, बीउबिजन, विषादीलगायत सहयोग गर्ने गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा लागेका अधिकांश युवाहरू समेत कार्यालयबाट लाभान्वित भएका छन् । समाचारमा उल्लेखित सबै युवाले कार्यालयबाट केही न केही सहयोग प्राप्त गरेका छन् भने त्यस सहयोगले पेशामा लाग्न झन् मद्दत पुगेको युवाहरू बताउँछन् ।
कार्यालयका कार्यालय प्रमुख भरत कँडेलले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको बताउनुभयो ।
उहाँले धेरैभन्दा धेरै युवाहरू कृषि क्षेत्रमा लागेर कृषि उपजमा आत्मनिर्भर बन्ने उद्देश्य रहेको बताउँदै अझै पनि युवाहरूले आयोजनाबाट थुप्रै प्रकारको लाभ लिनसक्ने कार्यक्रम रहेको बताउनुभयो ।
कँडेलले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोरोनाका कारण रोजगारी गुमाइ व्यावसायिक कृषिमा लाग्न चाहने युवाहरूलाई प्राथमिकतामा राखिने भन्दै थप कार्यक्रमका लागि समन्वय भइरहेको बताउनुभयो ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले गत आर्थिक वर्षमा कृषि क्षेत्रका लागि करिब रु २३ करोड बजेट विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षका लागि रु २८ करोड ८८ लाख विनियोजन गरेको जनाएको छ ।



तपाईको प्रतिक्रिया