काठमाडौँ जेठ २१ गते । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफू लिएको लाइनमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव आएकोमा आफूलाई खुशी लागेको बताउनु भएको छ ।
आज आफ्नो गृहजिल्ला नवलपरासी पुग्नु भएका मन्त्री त्रिपाठीले आफू एमालेको साथ गठबन्धन बनाएर चुनाव लड्दा उहाँहरुले नै टिप्पणी गर्नुभएको थियो तर आज उहाँहरु पालैपालो एमालेको लाइनमा आइरहेको बताउनुभयो ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफ्नो भेटघाट भएपनि पार्टी गठन सम्बन्धी कुनै कुरा नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, हामीले नयाँ पार्टी दर्ता गराउने सोचिरहेका छौं तर महन्थ ठाकुरको साथ गराउन जुन हल्ला छ त्यो निराधार हो ।’
जसपाका महन्थ ठाकुर पक्ष सरकारमा सामेल भइरहेको बारेमा पत्रकारले जिज्ञासा राख्दा उहााले ‘१९ महिना सरकारमा बसेर जानुभएका उपेन्द्र यादवलाई बिदाई गरेपछि अहिले महन्थ ठाकुरलाई स्वागत गर्न पाउँदा नैतिक र राजनीति विजयी भएको महसुस गरेको प्रतिकृया दिनुभयो ।


तपाईको प्रतिक्रिया