प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो

काठमाडौँ साउन ५–प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निम्तो प्राप्त भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिन प्रधानमन्त्री देउवालाई फोन गर्नुभएको क्रममा उहाँलाई भारत भ्रमणको निम्तो दिनुभएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री मोदीले हिजो देउवालाई फोन गरेर बधाई दिनुभएको थियो । बधाईको क्रममा प्रधानमन्त्री मोदीले नेपाललाई दिन बाँकी रहेको कोभिडको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया