उपेन्द्र यादवले भन्नुभयो, जसपा फुटेको होइन, रुखको बोक्रा सुकेर उप्किएको मात्र हो

विराटनगर भदौं ९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरहरुले निर्वाचन आयोगमा दल दर्ता होइन, गुट दर्ता गराएको आरोप लगाउनु भएको छ ।

 

महन्थ ठाकुरहरु लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न निर्वाचण आयोग पुगेको बेला जसपाका अध्यक्ष यादवले विराटनगरको एक कार्यक्रममा बोल्ने क्रममा सो आरोप लगाउनु भएको हो । जसपाद्धरा आयोजित अभिमुखी कार्यक्रममा उहाँले निर्वाचन आयोगमा गुट दर्ता गर्न पुग्नु भएका महन्थ ठाकुर समूहबाट मधेसको मुद्दा पार लाग्छ भन्नु भ्रमबाहेक अरु केही हुन नसक्ने टिप्प्णी गर्नुभयो ।

जसपा अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसावले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरु बाटोबाटे भागेको आरोप लगाउनुभयो । उहाँले जसपा विभाजन भएको होइन, रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो भनि टिप्पणी गर्नुभयो ।

पूर्व राजपाका ९० प्रतिशत नेता कार्यकर्ता आज पनि जसपामै रहेको उहाँको भनाइ थियो ।

केही बेइमानहरूले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भयो । हिजो पनि उनीहरुको दाउ मन्त्री बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ ।’

 

महन्थलाई प्रधानमन्त्री बनाउँछु भन्दा उहाँले मान्न तयार हुनुभयो, सहमतिपत्रमा हस्ताक्षर पनि गर्नुभयाृे तर हस्ताक्षर गरेको २ घण्टामै सहमति तोडेर भाग्नुभयो, उहााले भन्नुभयो, महन्थ ठाकुर अरुको इशारामा ओली पथमा लाग्नु भएको छ ।

तपाईको प्रतिक्रिया