लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ जेठ २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा १ वजेदेखि बैठक बस्न लागेको पार्टी कार्यालय सचिव प्रदीप पाठकले बताउनुभयो ।

बैठकमा स्थानीय चुनावको चुनावको समिक्षा र अगामी निर्वाचनको एजेण्डामा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताउनुभयो । लोसपाले मधेश प्रदेशमा मात्र १६ वटा पालिका जितेको छ । लोसपाले कम्तीमा ३० देखि ४० वटा पालिका जित्ने अपेक्षा गरेको थियो । तर त्यस्तो भएन । अन्य प्रदेशमा कुनै पालिका जितेको छैन । यस्तो किन भयो त, कहाँ गडबड भयो लगायतका विषयमा समिक्षाका लागि यो बैठक बोलाइएको छ ।

 

तपाईको प्रतिक्रिया