लोसपा सप्तरीबाट सिफारिस भएका तीनजना उम्मेदवारले समर्थन गर्नुभयो शरदसिंह यादवलाई

काठमाडौँ असोज १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सप्तरी–२ (ख) का लागि उम्मेदवार सिफारिस भएका डा.शरतसिंह यादवलाई सिफारिस भएका अन्य उम्मेदवारले समर्थन गरेको छ ।

लोसपाले सप्तरी–२ (ख) मधेश प्रदेश प्रदेशसभा सदस्यका लागि चारजनाको नाम सिफारिस गरेको थियो । एक नम्बरमा शैलेश कुमार चौधरी, दुई नम्बरमा डा.शरदसिंह यादव, तीन नम्बरमा विनोद यादव, चौथो नम्बरमा शम्भु यादव र पाँचौ नम्बरमा राजकुमार लाल दासको नाम केन्द्रमा नाम सिफारिस गरिएको थियो ।

त्यसमध्ये शैलेशकुमार चौधरी, विनोद यादव र राजकुमार लाल दासले डा.शरद यादवलाई समर्थन गर्नुभएको छ । उहाँहरुमध्ये शैलेशकुमार चौधरी र विनोद यादव सप्तरीबाट आएर लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर डा.शरदसिंह यादवलाई समर्थन गर्नु भएको हो । आफूहरु शम्भु यादवको पक्षमा नरहेको कुरा पनि अध्यक्ष ठाकुरसमक्ष प्रष्टसँग उहाँहरुले राख्नुभयो ।

जिल्लाबाट नाम सिफारिस हुने वित्तिकै शम्भु यादवले प्रचार प्रसार पनि सुरु गरिसक्नु भएको छ । शम्भु यादवलाई लोसपाका नेता जेपी ठाकुरले उम्मेदवार बनाउनु भएको उहाँहरुको दावी रहेको छ । शैलेशकुमारले भन्नुभयो, ‘हामी शम्भु यादवलाई चिन्दैनौं, जेपी ठाकुरले उहाँलाई जर्वजस्ती उम्मेदवार बनाउनु भएको छ । हामीले उहाँलाई स्विकार गर्दैनौं ।’

उहाँहरुले शरदसिंह यादवलाई समर्थन गरेपनि पार्टीले शरदसिंह यादव र शम्भु यादवमध्ये कसलाई टिकट दिन्छ त्यो कुराको निश्चित भएको छैन ।

तत्कालिन राजपाबाट राजविराज नगरपालिकाको मेयरमा २०७४ को चुनाव जितेका शम्भु यादव जसपाबाट लोसपा विभाजन हुँदा उहाँ जसपामा नै बस्नुभयो । तत्कालिन समाजवादी पार्टी र राजपा नेपाल मिलेर जसपा बनेको थियो । तर राजपा नेपालका नेताहरु जसपाबाट अलग हुँदा शम्भु यादवले महन्थ ठाकुरलाई होइन, उपेन्द्र यादवलाई साथ दिनु भएको थियो । २०७९ को स्थानीय चुनावमा उपेन्द्र यादवले टिकट नदिँदा उहाँ माओवादी केन्द्रमा गएर टिकट लिएर राजविराज नगरपालिकाको मेयरमा चुनाव लड्नु भएको थियो ।

तर उहाँ हार्नुभयो । त्यसपछि उहाँले प्रदेशसभामा चुनाव लड्ने तयारी गर्न थाल्नुभयो । तर जब माओवादीले प्रदेशसभाको टिकट दिँदै भनि शुम्भु यादवले थाह पाउनुभयो अनि उहाँ सो पार्टी छाडेर लोसपामा आउनुभयो । लोसपामा जेपी ठाकुरले ल्याउनु भएको थियो । जेपी ठाकुरले नै टिकट दिलाउने आश्वासन शम्भु यादवलाई दिनु भएको थियो ।

जेपी ठाकुर सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि जेपी ठाकुर सिफारिस हुनु भएको छ । उहाँ प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गरिरहनु भएको छ । गत चुनावमा पनि उहाँ प्रतिनिधिसभा चुनाव तत्कालिन राजपाबाट लड्ने तयारी गर्नुभएको थियो तर राजपाले तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेपछि जेपी ठाकुर स्वतन्त्रबाट चुनाव लड्नु भएको थियो ।
यसपटक पनि सोही अवस्था हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया