महोत्तरी ३ बाट महन्थ ठाकुर विजय

महोत्तरी मंसिर ९ गते । महोत्तरी–३ बाट सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले १४ हजार ३२५ मत मात्र ल्याउनु भएको छ ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याउनु भएको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
अध्यक्ष ठाकुर २०७४ को चुनाव पनि सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।

तपाईको प्रतिक्रिया