Khadya Bibhag

मधेश आन्दोलनलाई भारतको नजरले हेर्नु नै विडम्बना हो


–जितेन्द्र सोनल
महामन्त्री, तराई मधेश लोकतान्त्रिक पार्टी

तराई मधेशमा जारी आन्दोलनको क्रममा भदौ २९ गते समातिएका जितेन्द्र सोनल १८ दिनपछि रिहा हुनुभयो । आन्दोलनमा सहभागि भइरहेको बेला ट्रकमा आगो लगाउन संलग्न रहेको भन्दै प्रहरीले उहाँलाई बाराबाट समातेको थियो तर अदालतले गैरकानुनी ढंगबाट मुद्दा चलाएर भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको थियो । समातिए लगतै सहमहामन्त्रीबाट मन्त्री हुनु भएका सोनलसँग सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः

महामन्त्री बन्नकै लागि जेल जानुपर्ने अवस्था देखियो नि त किन त्यस्तो ? 
–त्यस्तो होइन, जेल जानु र महामन्त्री बन्नु मेरो लागि संयोग मात्र हो । पार्टीले पहिलादेखि नै तयारी गरिरहेको थियो । संयोगले त्यही बेला घोषणा भयो त्यसैले त्यस्तो देखिएको छ । म मधेशको मुक्तिका लागि जेल गएको हुँ, कुनै पदका लागि होइन ।

महामन्त्री बनाउनु पर्छ भनि पहिलादेखि नै पार्टीमा आवाज उठाउँदै आउनु भएको थियो होइन ?
–राजनीतिक गरेपछि पदको स्वार्थ देखाउनु कुनै नौलो कुरा होइन । सांगठनिक रुपले काम गरेपछि त्यहाँ पदको आवश्यकता पर्छ नै तर तपाईले भने जस्तो महामन्त्रीको चाहना त थियो तर म असन्तुष्ट थिइनन् । पार्टीका एउटा जिम्मेवारीमा बसेर काम गर्न सजिलो होस् भनेर मैले आकांक्षा देखाएकै हुँ तर असन्तुष्ट चाहि होइन ।

तपाईले धरै पहिले उठाएको बुँदे मागको बारेमा के भइरहेको छ, त्यसैको नतिजा महामन्त्री त होइन ? 
–यो जिवन्त पार्टीभित्र यो सब भइ रहनु राम्रो कुरा हो । मैले १३ बुँदे माग राखेको आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन । पार्टीकै हितमा राखेको हुँ । पार्टीलाई ठिक ढंगबाट सञ्चालनका लागि सुझाव पत्र जस्तो दिएको हुँ । त्यो माग अहिले पनि जिवित छ । बेला आएपछि त्यो मागको सम्बोधन गर्ला भने विश्वास पनि छ तर अहिलेको सन्दर्भमा १३ बुँदे मागलाई प्राथमिकतामा राखेको छुइन । सरकारसँग मधेशीको अधिकारका लागि लडि रहेका छन् । लडाईमा ४५ जनाभन्दा बढीले ज्यान गुमाई सकेका छन् । पार्टीका सम्पूर्ण भातृ संगठनहरु आन्दोलनमा छन् । यस अवस्थामा त्यो १३ बुँदेको कुरा गर्नु औचित्य छैन । समय आएमा फेरि त्यसको बारेमा कुरा गर्न सकिन्छ ।

महामन्त्री जस्तो व्यक्तिलाई प्रहरीले विनाकारण १८ दिनसम्म किन थुनेर राख्यो त ?
–पहिलो कुरा त प्रहरी प्रशासनलाई भ्रम थियो कि पार्टीका ठूलै मान्छेलाई समातेपछि आन्दोलन कमजोर हुन्छ । त्यसको डरले आरु नेताहरु, अरु कार्यकर्ताहरु आन्दोलनमा आउँदैन र आन्दोनल समाप्त हुन्छ तर उनीहरुले सोचेको भन्दा धेरै फरक भयो । जनताहरु झन सडकमा आए । पहिला पहिलाको आन्दोलनमा हुन्थ्यो कि आन्दोलनको नेतृत्व गर्ने नेतालाई समातेपछि आन्दोलन कमजोर हुन्थ्यो र बाध्य भएर आन्दोलनकारीले घुँडा टेक्नु पथ्र्यो । अब ती कुराहरु इतिहास भइसक्यो । अब जनता धेरै सचेत भइसकेका छन् ।

१८ दिनसम्म जेलमा रहनु भयो त्यहाँबाट बाहिरको अवस्थालाई कसरी बुझ्नु भयो ?
–यतिका परिवर्तन भइसक्दा पनि राज्यको सोच उही पुरानो शैलीको रहेको छ । राणकालमा, राजाकालमा प्रहरी प्रशासनले गर्ने व्यवहार र अहिलेको व्यवहारमा खासै कुनै अन्तर देखिन मैले । प्रहरीको बोली, व्यवहार भाषा उनी पंचायती शैलीको रहेको छ । म १० दिन प्रहरीको कष्टडीमा बसे र मैले त्यही अनुभव गरे ।  म जस्तो व्यक्तिसँग प्रहरी प्रशासनले त्यस्तो व्यवहार गर्छन् भने गाउँ घरका सोझा सिधासँग कस्तो व्यवहार गर्दै होला । अर्को कुरा राजनीतिक प्राणी भएका कारण यो आन्दालनको क्रममा थुना राख्यो । त्यसले मन निकै छटपट्टी भयो । बाहिरको वातावरण हेर्दा कुदी हालौ जस्तो लाग्थ्यो । तर, राजनीतिक मुद्दामा अधिकारका लागि लडि रहेकाबेला समातिनु त्यो पनि एउटा आन्दोलन हो भनेर चित्त बुझाए । थुनामा हुँदा पनि आन्दोलनमै हुँ जस्तो लाग्यो । मैले मधेशी जनताको मुक्तिका लागि त्यहाँ पनि अनशन बसे । भोका हड्ताल गरे । मलाई धरौटी बुझाउन भनिरहेको थियो । मैले दिन मानिन् । राजनीतिक बन्दी भएर पनि धरौटी दिइन्छ, बरु राख्नुछ भने राख्नुस कति दिन राख्नुहुन्छ पनि भने । त्यसपछि सिडियोलाई अधिकारै नभएको कानुन प्रयोग गरेर समातिएको रहेछ भनि अदालतले ठहर गरी मलाई छाड्यो । यो मधेशको जित हो जस्तो लाग्यो ।

यो आन्दोलन कति दिनसम्म चल्छ ?
–हेर्नुस्, यो आन्दोलन हामीले रहरले गरेको होइन, अधिकारका लागि गरेका हौं । यत्रो दिनदेखि बन्द छ । जनताले दुख पाएका छन् । त्यो कुरा हामीले पनि बुझेका छौ । तर त्यसको दोषी सरकार हो । सरकारले यो कुरा बुझ्नुपर्छ । लामो आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यो बुझ्ने काम सरकार हो । जनताले दुख पाएका छन् भने भोली गएर सुख पनि पाउँछन् भने कुरा पनि जनताले बुझेका छन् । तीन दलका नेताहरुले बहुमतको आधारमा मधेशी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको कुरै नसुनी जवर्जस्ती सविधान जारी गरे । हामी झण्डै दुई वर्षदेखि नै आन्दोलनमा छौ र त्यसैको देन हो अहिलेको आन्दोलन । यतिका दिनदेखि आन्दोलन हुँदा पनि यी तीन दलले पेलेर भएपनि सविधान जारी गरे । तर, त्यो सविधानलाई दुई तिहाई भन्दा बढी जनताले अस्वीकार गरिसकेका छन् ।

मधेशको आन्दोलन जमिन्दार र भारतले गरेको आरोप छ नि ?
–जसले यो आरोप लगाएका छन् त्यसलाई पनि मैले आफ्नो विगत हेर्नका लागि सल्लाह दिन चाहन्छु । त्यही मधेशमा जसलाई उनीहरुले जमिन्दार भनिरहेका छन् त्यसको घरमा बसेर आन्दोलन गरे । संघर्ष गरे । फाइदा लिनेसम्म फाइदा लिए तर आज आएर कुरा मिलेको छैन भने मधेशको आन्दोलनलाई जमिन्दारको आन्दोलन देखि रहेका छन् । यो जतिको दुर्भाग्य के हुनसक्छ । म यसलाई दुर्भाग्य नै भन्छु । मधेशमा अब कोही जमिन्दार छैन । सबै समान भइसकेका छन् । मधेश आन्दोलनले जुन गति लिएका छन् त्यसले सबै शासकहरुको कुर्सीलाई हल्लाई दिएको छ । नेपाल देश नै यस्तो देश हो जहाँ जे गरेपनि भारतसुँग जोडेर हेर्ने गर्छन् । नेपालमा एउटा पत्ता हलियो भने यो भारतले हलाएको हो भन्ने ठाउँ हो । त्यसैले यो आन्दोलनलाई यस्तै आरोप लाग्नु कुनै नयाँ कुरा होइन । सविधान निर्माण भएपछि कुन देशले विज्ञप्ति जारी गरेर सविधान निर्माणप्रति खुलेर समर्थन गरेका छन् ? कुनैले खुलेर समर्थन गरेका छैन एक चीन बाहेक । तर त्यसको विरोध कहाँ हुन्छ ? यूरोपियन युनियनले पनि खुलेर समर्थन गरेका छैन । अमेरिकाले गरेका छैन । तर, उनीहरुको विरोधमा कोही पनि बोल्न चाहदैन । भनिन्छ, कमजोर मौगी सबके भौजाई अर्थात जो कमजोर हुन्छ त्यसलाई सबैले हेप्छ । भारत नजिकमा छ आउँ जाउँ गर्न सजिलो छ । नेपाली जनता त्यसको निकट भएको कारणले त्यसलाई विरोध गर्न सबैलाई सजिलो भएको छ । त्यसैले म भन्न चाहन्छु कि यो आन्दोलनमा भारतको कुनै सहयोग र समर्थन छैन । यो मधेशी जनताले गरेको आन्दोलन हो । काठमाडौबाट विश्लेषण गरेर हुँदैन । जनता हेर्नुछ भने वीरगञ्जको नाकामा जानुस् । सुनौली नाकामा जानुस् । बिराटनगर नाकामा जानुस् । हजारौ हजार जनता सडकमा छन् । नाकालाई पूरै ठप्प पारेर बसेका छन् । अनि कसरी मालसमान ओहर दोहर हुनसक्छ । भारतबाट कुनै हालतमा मालसमान आउने अवस्था छैन । जहाँ जहाँ हाम्रो आन्दोलन कमजोर हुन्छ । जहाँ सँख्या बढी हुँदैन त्यहाँबाट मालसमान आएकै छ । यदि भारतले नाकाबन्दी लगाएको भए विराटनगर, भैरहवा, काकरभिटा नाकाबाट कसरी गाडीहरु आउथ्यो । यो सबै आरोप मात्रै हो र हामीले यी आरोप तिर कुनै ध्यान दिएको छैन । हाम्रो एउटो मिसन भनेको आन्दोलन हो र आन्दोलनबाट अधिकार लिनु हो ।

तपाईको प्रतिक्रिया