Khadya Bibhag

सभामुखमा घर्ती र उपसभामुखमा यादव निर्विरोध रुपमा निर्वाचित

काठमाडौँ, असोज २९ गते । सहमतिको अधारम गर्ने सभामुख र उपसभामुखको आज व्यवस्थापिका–संसदमा निर्विरोधरुपमा चयन भएका छन् । सभामुखमा एकीकृत माओवादीकी उम्मेदवार ओनसरी घर्ती र उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव शुक्रबार निर्विरोध निर्वा्चित भएका हुन् ।

सभामुखमा एमाओवादीकी ओनसरी घर्ती र नेपाल मजदुर किसान पार्टीकी अनुराथा थापामगरले उम्मेदवारी दिएका थिए  भने उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव र मजदुर किसान पार्टीकै डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दिएका थिए ।
यसअघि, शुक्रबारै नेपाली कांग्रेसले पनि सभामुख र उपसभामुख पदमा सत्तारुढ दलहरुका उम्मेदवार घर्ती र यादवलाई मतदान गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको थियो ।
सभामुखको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएर सत्तारुढ दलका उम्मेदवारहरुलाई सघाउनुले देशमा पुनः सहमतिको राजनीति सुरु हुने अपेक्षा गरिएको छ ।
तर, दलहरुबीच सहमति भएपछि मजदुर किसान पार्टीका दुबै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका थिए । नेपालको इतिहासमा महिला सभामुखमा निर्वा्चित भएको यो पहिलोपटक हो ।

तपाईको प्रतिक्रिया