सिरहा, असोज २८ गते । मधेसी जनतालाई धोाका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूुहिक राजीनामा दिएका छन् ।
अध्यक्ष रामचरित्र साहको अध्यक्षतामा सिरहाको गोलबजारमा बसेको बैठकबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । मन्त्री पाउने लोभमा मधेस र मधेसीको एजेण्डा छाडेर सरकारमा अध्यक्ष गच्छदार सहभागी भएकाले पार्टीबाट सामूहिक राजीनामा दिने निर्णय गरिएको जिल्ला अध्यक्ष साहले जानकारी दिनुुभयो ।
यस्तै सो पार्टीका केन्द्रीय सदस्यद्वय शत्रुुधनप्रसाद सिंह र लक्ष्मण यादवले समेत आजै राजीनामा दिने घोषणा गर्नुभएको छ । यसअघि बारा र पर्साका कार्यसमितिले पनि आआफ्नो पदबाट राजिनामा दिएका छन् ।



तपाईको प्रतिक्रिया