उर्मिला यादव
नवलपरासी, २७ असोज । नौ सातादेखि बन्द रहेको सदरमुकाम परासी क्षेत्रसहित दक्षिणभेग भोली विहिवारदेखि खुल्ने भएको छ ।
संयुक्त मधेसी मोर्चाका कारण ठप्प रहेको सबै क्षेत्र विहिवार मध्यान्ह १२ बजेदेखि सुचारु हुने भएको मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनु भयो ।
सीमा नाकाको अवरोध भने यथावत रहने जनाइएको छ ।
चाडपर्व नजिकिएकाले सर्वसाधरणको समस्यालाई मध्यनजर गरेर बजार र सार्वजनिक यातायातलाई सहज बनाइएको मोर्चाले जनाएको छ । साउन २५ देखि परासी क्षेत्र बन्द थियो ।



तपाईको प्रतिक्रिया