उर्मिला यादव
नवलपरासी असोज २७ गते । नागरिक समाज जिल्ला समन्वय समिति नवलपरासीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै बिगत दुइ महिनादेखि रहेको परासी बन्द खुलाउनका लागि प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाण्डौलाई जिल्ला प्रसासन कार्यालय नवलपरासीमार्फत अनुरोध गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा बिगत दुइ महिनादेखि परासी क्षेत्र ठप्प रहेको छ भने यातायात बजार, ब्यवसाय, कलकारखाना, बित्तिय संघसंस्था र शैक्षिक संघसंस्था बन्द हुँदा आम जनजीवनमा ठूलो समस्या परेकोले आम जनमानसको बाच्न पाउने नैर्सगिक अधिकारलाइ कुनै पनि पक्षबाट हनन गर्न नपाइने बताउदै आन्दोलनरत पक्षसंग बार्ता गरी समस्या समाधान गर्न आगह गरेको छ ।
जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष शम्भु उपाध्याय द्धारा हस्तारक्षित बिज्ञप्तीमा आन्दोलन रत पक्षले सरकार संग बार्ता गरी आमनागरिकले सहज तरिकाबाट जीवन यापन गर्न पाउने अधिकार लाइ सुनिश्चित गर्न समेत अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया