Khadya Bibhag

विहे गर्न नमाने पछि प्रेमिकाको गरे हत्या

बागलुङ, असोज २५ गते । हुग्दिशिर ६ को डेराबाट तार श्रीष ४ असोजदेखि गायव भइन । हराएको एक सातापछि गाउँकै झाडीमा विभित्स अवस्थामा शव भेटियो ।
स्थानीय सर्वोदय उच्चमाविका शिक्षिकासमेत रहेकी २७ वर्षीया श्रीषको शव भेटिएपछि हत्या आशंकामा इलाका प्रहरी कार्यालयले अनुसन्धान शुरु गर्यो मोबाइल फोन कल डिटेलका आधारमा प्रहरीले गाउँकै इन्द्रबहादुर पुनलाई हत्या आशंकामा नियन्त्रण लिइ  अनससन्धान गर्यो ।
अनुसन्धानको क्रममा पुन श्रीसको प्रेमी भएको पत्ता लाग्यो । २० वर्षीय पुनले विवाह गर्न अस्वीकार गरेपछि हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया