Khadya Bibhag

परासी क्षेत्र अझै ठप्प

उर्मिला यादव
नवलपरासी असोज २३ गते । मधेस थरुहट तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आजदेखि परासी क्षेत्रमा सवारी साधन सञ्चालन गर्न नदिने जनाएसँगै परासी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेकोे छैन ।

बिगत ५६ दिनदेखि बन्द हुँदै आएको परासी क्षेत्रमा मंगलबारदेखि सवारी साधन सञ्चालनमा आएका थिए । तर मोर्चाका नेताहरुको चहल पहल बढेपछि आजदेखि सम्पूर्ण यातायात तथा बजार बन्द भएको छ ।
अहिले जारी नाकाबन्दीले पेटोलियम पदार्थको अभावसँगै बढेको कालो बजारीको बिरोध गर्दै मोर्चाले आज सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।

पेटोलियम पदार्थको अभाव भए संगै नवलपरासीका बिभिन्न नाकाहरुबाट अबैध रुपमा भारतबाट पेटोलियम पदार्थको चोरी निकासी बढेकोले अब देखि यस्ता कार्य हुन नदिनका लागि आजबाट परासीको कुनै पनि क्षेत्रमा सवारी साधन संचालन गर्न नदिने मोर्चाले जनाएको छ ।

त्यसैगरी बढदै गएको कालो बजारी नियन्त्रण गर्नका लागि मोर्चाले आजदेखि विभिन्न नाकाहरुमा निगरानि बढाएको छ । नवलपरासीको झुलनीपुर नाका , भुजहवा , बर्दघाट, बैरिहवा , बेलाटारी , गुठी सुर्यपुरा, सेमरी, लगायतका ठाउमा बसेर आन्दोलनकारीले  भारतबाट ल्याएको अवैध पेट्रोलियम पदार्थ खोसेर नियन्त्रण्मा लिने गरेकोे छ ।

तपाईको प्रतिक्रिया