Khadya Bibhag

प्रधानमन्त्रीको चुनावबारे निर्णय लिन सकेनन् मधेशी मोर्चाले

काठमाडौ असोज २३ गते । भोली हुने प्रधानमन्त्रीको प्रतिस्पर्धामा भाग लिने नलिने बारेमासंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अझै कुनै निर्णय लिन सकेका छैन ।
प्रधानमन्त्रीको चुनावको बारेमा आज राती तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चामा आवद्ध दलहरुको बैठकले प्रधानमन्त्रीका लागि हुने चुनावमा मत कसलाई दिने नदिने विषयमा निर्णय लिन सकेन । ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आज रातभरि तथा भोली विहानसम्मको परस्थिति हेरेर प्रधानमन्त्रीको चुनाव बारे निर्णय लिने बताउनुभयो । भोली विहानसम्मको परस्थिति हेरेर विहान १० बजे बस्ने बैठकले कुनै निर्णय हुने बताउँदै उहाँले प्रधानमन्त्रीका दुईटै उम्मेदवार मधेशको हितमा छैन यद्यपी आफ्नो मत कसैलाई दिनुपर्ने भएकाले भोली बस्ने बैठकले तय गर्ने बताउनुभयो ।
काँग्रेसका सभापति सुशिल कोइराला र एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका छन् ।
त्यसैगरि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संयोजक रहेको संघीय लोकतान्त्रिक मोर्चाले पनि कसलाई मत दिने विषयमा निर्णय लिएका छैन । सो मोर्चाले पनि आइतवार विहानसम्मको परस्थिति हेरेर बस्ने बैठकले निर्णय गर्ने मोर्चाका नेता एवं फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताउनुभयो ।
मधेशी मोर्चामा आवद्ध चार दलसँग २८ संसद रहेका छन् भने गच्छदारको मोर्चामा १८ संसद रहेका छन् । संघीय मधेशी मोर्चामा अवद्ध नेपाल सद्भावना पार्टीसँग एकजना संसद रहेको छ । सो समेत गरी मधेशवादी दलसँग जम्मा ४७ जना संसद रहेका छन् । सद्भावना पार्टीसँग रहेका पाँचजना संसदले राजिनामा दिइसकेका कारणले व्यवस्थापिका संसदमा नजाने भनिएको छ ।

तपाईको प्रतिक्रिया