Khadya Bibhag

भारदहमा कुकुरलाई शिर्षनेताको संज्ञा दिदैँ निकाले जुलुस प्रर्दशन (फोटो फिचर)


सप्तरी,भारदह असोज २१ गते । तीनदलको मधेश विरोधी नेताहरुलाई कुकुरको संज्ञा दिदै, नामर फोटो झुण्डियाएर मधेसी मोर्चा सप्तरीले बिहीबार भारदहमा कुकुर जुलुस प्रदर्शन गरेको छ ।
करिब दुइ महिना देखि सीमांकन र संविधानको विरोधमा आन्दोलनरत मोर्चाले ठूला तीन दलका शीर्ष नेताहरुलाई कुकुरको संज्ञा दिएर जुलुस प्रदर्शन गरेका हुन् । जुलुसमा स्थानीयले आफूले घरमा पालेका कुकुरहरुको घाँटीमा तीन दलका मुख्य नेताहरुको तस्वीर झुण्डाएका थिए ।
कुकुरहरुको घाँटीमा नेपाली कांग्रेसका अध्यक्ष एवं प्रधानमन्त्री सुशील कोइराला, केन्द्रीय सदस्य कृष्ण सिटौला, एमालेका अध्यक्ष केपी ओली, गृहमन्त्री बामदेव गौतम, नेता भीम रावल तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको तस्वीर झुण्ड्याइएको थियो ।


भारदह चौकबाट निस्केको कुकुर जुलुस बजार परिक्रमापश्चात सहिद चोकमा कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय राजनैतिक दलका नेता, व्यापारी, शिक्षक, बालबालिकाको सहभागिता थियो ।
सभामा नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष बिकास तिवारीले मधेसको माग सुनुवाइ गर्न शीर्ष नेताहरुले ढिलाइ गरेकाले कुकुर जुलुस निकाल्नु परेको बताए । उनले मधेस प्रदेशको माग पूरा नभएसम्म विभिन्न रुपका प्रदर्शन जारी राखिने बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता परशुराम यादव, कौशलेन्द्र यादव, नेपाल शिक्षक संघका जगदीश यादव, नेपाल शिक्षक फोरमका शिवशंकर मण्डल, श्यामदेव यादवलगायतले मधेसको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
यसैगरी राजविराजमा आयोजित कोणसभामा सदभावना पार्टीका दिनेश यादवलगायतका वक्ताले पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको घर र पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बिहीबार विहान भएको घेराउ र ढुङ्गामुडाको भत्र्सना गर्दै त्यस्को प्रतिकार गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया