काठमाडौँ, असोज २१ गते । तराई मधेशमा जारी रहेको दुई महिनादेखीको आन्दोलनलाई बेवास्ता गरेर तीन दलले मुदालाई अल्झाउन लागेको भन्दै मधेशी, थारू, आदिवासी जनजाती, मुस्लिम संघर्ष समिति द्वारा सम्माननीय उपराष्ट्रपतिज्यूलाई ध्यानाकर्षन ज्ञापन पत्र बुझाएको छ ।
मधेश लगायत देशै भरि भइरहेको आन्दोलन, राज्यले गरेको आतंक र नश्लवादी संविधानको विषयमा ध्यानाकर्षण पत्र मधेशी संघर्ष समिती लगायतको मधेशी, थारू, आदिवासी जनजाती, मुस्लिम संघर्ष समिति बुझाएको छ ।
यति खेर देशमा ठुलो हहाकार र जनतामा त्रासको वतावरण भएको समयमा तीनदलले आन्दोलनरत पक्षसित सहमति गरेर अगाडी बढनु साटो सरकारको भागबण्डाको चलखेलमा लागेको भन्दै आरोप ज्ञापन पत्र बुझाउन गएको अभियान्ताहरुको प्रश्नको जवाफ फर्काउदै उपराष्ट्रपति परमानन्द झाले भने, सदिँयौ देखी गरिदैँ आएको शोषण र दमनको विरुदमा संघर्ष गर्दा अलि लामै जान्छद्ध, आत्तिनु पर्दैन ।
उपराष्ट्रपति झाले दुःख ब्यक्त गर्दै भने कि, अति नै दुःख को कुरा छ कि, मधेशीलाई मर्स्या, धोती , भैया , आप, माखें र मस्र्या भनिरहेको छ, र यी शाषकवर्ग पनि त्यही जसले हामीलाई यी शब्द प्रयोग गरेर संज्ञा गर्ने गरेको छ, त्यसैले यिनीहरुवाट सकारात्कम कुराको अपेक्षा गर्नु मुर्खता हो ।
उपराष्ट्रपति झाले आफु यसको वारेमो सक्दो सकारात्मक प्रयास र पहल गर्न आश्वासन दिएको थिए ।



तपाईको प्रतिक्रिया