सुरुङ्गा,झापा, असोज २० गते । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान घाँटी रेटेर एक जना युवकको हत्या भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो ।
हत्या कसले र किन ग¥यो भने खुल्न नसकेको र हत्यामा संलग्नको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया