वीरगंज, असोज २० गते । मंगलवार राति अज्ञात समूहले वीरगंज–परवानीपुर ड्राइपोर्ट सडकखण्डको जगरनाथपुर नजिक दुईवटा ट्रकमा आगजनी गरेको छ ।
आगजनीबाट ना.२ ख ५९७५ र ना.२ ख ४५२२ नम्वरको दुवै ट्रक पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जानकारी गराएको छ ।
मंगलवार राति ११ बजे परवानीपुरबाट ड्राइपोर्टतर्पm आइरहेको ती ट्रकहरु जगरनाथपुर सडकखण्डमा अवरोध गर्दा रोकिएको ट्रकमा केही व्यक्तिहरुले आगजनी गरेको प्रहरीले बतायो ।
वीरगंजको वारुण यन्त्र र सशस्त्र र नेपाल प्रहरीले आगोलाई नियन्त्रणमा लिएको थियो । चालक फरार रहेको प्रहरीले जानकारी गराएको छ ।



तपाईको प्रतिक्रिया