उर्मिला यादव यात्री
नवलपरासी असोज १७ गते । संविधानसभाबाट संविधान घोषणा गरेको एक हप्ता नहुँदै व्यवस्थापिका संसद तथा एमाओवादी पार्टीबाट समेत राजिनामा दिनु भएका पूर्व प्रधानमन्त्रि डा. बाबुराम भटटराईले कुनै बेला आफ्नो पार्टी राजतन्त्रको नजिक रहेको खुलासा गर्नुभएको छ ।
नवलपरासीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले त्यतिबेला आफ्नो पार्टी राजतन्त्रको नजिक थियो र त्यसबेला आफूले संविधानसभाबाट संविधान निर्माण गर्ने विचार राख्दा पार्टीले आफूलाई अप्रत्यक्ष नजरबन्दमा राखेको पनि खुलासा गर्नुभयो ।
उहाँले यो समयमा आफूमाथि जे पनि हुनसक्ने खुलासा गर्दै आफू संविधान विरोधी नभएको पनि बताउनुभयो । उहाँले आफू सविधानसभा विरोधी नभएपनि विरोधी देखाउँदै राजनैतिक रुपमा सिद्धाउनका खेल भइरहेको पनि बताउनुभयो ।
संविधान बनाउने काममा सबै भन्दा महत्वपूर्ण हात मेरो रहेकाले अहिले म सबैभन्दा बढी खुसी छु । तर दलित, जनजाति, मधेशीहरुको माग पुरा नभएको मैले नोट अफ डिसिजन लेखेको हुँ, उहाँले भन्नुभयो, संविधान घोषणाको समयमा आधा नेपाल जलेको अवस्थामा आधा नेपालले दीपावली गर्दा बेठिक हुने तर्क मैले गरेको र त्यसै कारणले दीपावली गरेको छैन ।’
उहाँले संविधान जारी भएपछि एउटा युगको समाप्त भएको र नयाँ युगको शुरुवात भएको बताउँदै यस अवस्थामा नयाँ युगा नयाँ ढंगबाट चलाउनका लागि नयां शक्तिको आवश्यक रहेको बताउनु भएको छ ।



तपाईको प्रतिक्रिया