Khadya Bibhag

एमविएस दोस्रो वर्षको परिक्षाफल प्रकाशित


काठमाडौँ, असोज १६ गते । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ माघ÷फागुनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्ष (एमबिएस दोस्रो भाग)को २०७० को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमांक १५०३३२ र १५०३६८ लाई २०७३ सम्म (चार) वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल  नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ भने एमबिएस रोल नम्बर टाइप गरी ४९४९ मा एसएमएस पठाई प्राप्ताङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया