काठमाडौँ, असोज १० गते । उपराष्ट्रपति परमानन्द झा चीनको पाँचदिने भ्रमण पूरा गरी गएराति अबेर नेपाल फर्कनुभएको छ ।
चीन सरकारको निमन्त्रणामा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ छैटौँ युरो–एसिया आर्थिक मञ्चको बैठकमा भाग लिन गत मङ्गलबार चीनतर्फ प्रस्थान गर्नुभएको थियो ।
सान्सी प्रान्तको सियान सहरमा आयोजित मञ्चको बैठकमा एसिया र युरोपका विभिन्न मुलुकका सरकारी एवम् निजी क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । मञ्चको बैठकको फुर्सदको क्षणमा उपराष्ट्रपति झासँग जनवादी गणतन्त्र चीनको राज्य परामर्सदाता वाङ्योङले शिष्टाचार भेट गर्नुभएको थियो ।
त्यस अवसरमा उहाँहरूबीच चीन र नेपालबीचको आपसी हितका विषयमा छलफल भएको थियो ।
दुई मुलुकबीचको हितलाई निरन्तरता दिन नेपाल र चीनबीचको सहयोग तथा भ्रमणको आदानप्रदान जारी राख्नुपर्ने पक्षमा दुवै नेता सहमत भएका थिए



तपाईको प्रतिक्रिया