दाङ, असोज १० ut] । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुरको वीरेन्द्र चोक नजिकै दिउँसो रा१प ४०२९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तुलसीपुर–२० सुकौरा निवासी ४२ वर्षीया रिसाली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया