Khadya Bibhag

कांग्रेँस र तमलोपाका नेतावीच भेटवार्ता

काडमाडौँ, असोज १० गते । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य र केन्द्रीय सदस्य आनन्द ढुङ्गाना तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरू हृदयश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लबीच आज भेटवार्ता भएको छ ।
सानोठिमीस्थित तमलोपाका अध्यक्ष ठाकुर निवासमा भएको भेटवार्तामा तराईमा चलेको आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ ।
वार्तापछि जानकारी दिँदै नेता त्रिपाठीले वार्तामा नेपाली काँग्रेसले मात्रै भन्दा पनि काँग्रेस, एमाले र एमाओवादी तीनवटै दलका तर्फबाट मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित वार्ताको प्रस्ताव आए छलफलमा बस्न तयार रहेको जानकारी दिनुभयो ।
नेता त्रिपाठीले भन्नुभयो– “तीन दलले संयुक्त रुपमा मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित वार्ताको प्रस्ताव आएमा वार्ताबाटै समस्या समाधान गर्न तयार छाँै भन्ने प्रस्ताव राख्यौँ ।”
मधेसमा उब्जिएको समस्याको समाधान गर्न काँग्रेस र तमलोपाबीच छलफल भएको हो । 

तपाईको प्रतिक्रिया