रौतहट, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हडताल र बन्दका कारण स्थानीय प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र आजदेखि हटाएको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्ला सदरमुकाम गौरको जनजीवन बिस्तारै सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाएको सहायक प्रजिअ रामराज सुवेदीले बताउनुभयो । गौरमा उत्पन्न असहज परिस्थितिलाई लिएर गत भदौ ८ गतेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । रासस



तपाईको प्रतिक्रिया