२०७२÷०६÷०८
संघीय लोकतान्त्रिक मोर्चा
प्रेस बिज्ञप्ति
आज मिति २०७२ साल असोज ८ गते संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय संयोजन समितिको बैठक संयोजक श्री बिजय कुमार गच्छदार ज्यूको अध्यक्षतामा निम्न निर्णयहरु गर्दै सम्पन्न भयो ।
आजको बैठकले पहिचान र अधिकारको लागी मधेश–थरुहटमा चलिरहेको शान्तिपूर्ण राजनीतिक जनआन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र सफलताको बिन्दुमा पु¥याउन मधेश–थरुहटमा व्रिmयाशिल अन्य मोर्चा, संगठन र राजनीतिक शक्तिहरु सित आवश्यकता अनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न आवश्यक सबै सम्भावनाहरुको खोजी गर्न र मोर्चालाई प्रस्ताव सिफारिस गर्न निम्न बमोजिमको बार्ता समिति गठन गरिएको छ ।
१. श्री रामजनम चौधरी – महासचिव – म.ज.फो.ने. (लोकतान्त्रिक)
२. श्री केशव झा – प्रवक्ता – रा.म.स.पा
३. श्री सि.पि. सिंह – महासचिव – म.ज.फो.ने.(गण्तान्त्रिक)
………………………….
बिजय कुमार गच्छदार
संयोजक
संघीय लोकतान्त्रिक मोर्चा



तपाईको प्रतिक्रिया