काठमाडौँ, आश्विन ८ गते । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद -इदुल जोहा_ शुक्रबार इस्लामीहरु धुमधामको साथ मनाइँदै छ ।
बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।
नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार शुक्रबार बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना, मुवारक आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।
बकर इदका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने विहिवार नै निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया