विराटनगर, आश्विन ३ गते । प्रहरीले ठुलो मात्रामा गस्ती गर्दा जनताले लाई ढुंगा प्रहार गरेको भन्दै प्रहरीले रातको समयमा घर–घरभित्र प्रवेश गरी दुव्र्यवहार गरेको भन्दै विराटनगर–७ का वासिन्दा आक्रोसित बन्न पुगेका छन् ।
रातिको समयमा प्रहरीको गस्तीमा ढुंगा प्रहार गरेको भन्दै प्रहरीले धरानरोड, महावीर चोक सरौचियाका घरमा प्रवेश गरी महिलामाथि दुव्र्यवहार गरेको र गोली हानिदिन्छु भनी आतंकित बनाएको स्थानीयहरुले आरोप लगाएका छन् । प्रहरीले सिढि लगाएर घरमा प्रवेश गरी सुतिरहेको मानिसलाई उठाएर दुव्र्यवहार गर्दै गोली हानी दिन्छु भनेर धम्क्याएको आरोप लगाएका छन् ।
यसैविच प्रहरी बर्वरता पुर्ण दमनबारेमा स्थानिय बासीले मानव अधिकारकर्मीलाई बोलाएर घटना बारे जानकारी गराएका छन ।



तपाईको प्रतिक्रिया