काठमाडौं,आश्विन १ गते । भारतीय प्रधानमन्त्रीका विशेष दुत भारतीय विदेश सचिव डा. एस. जयशंकर र संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेताहरु बीचको बैठक सकिएको छ । बैठकमा संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका चार जना नेताहरु सहभागि थिए ।
नेताहरुले जारी मधेश आन्दोलनको बारेमा उहाँलाई स्पष्टताका साथ आफ्नो माग र समस्या वारे जानकारी गराए । मधेशी मोर्चाको नेताले भन्यो, हाम्रो नयाँ केही माग छैन, विगतमा सरकार सँग भएको २२ र ८ बुदें सहमती लागु गरे हामी तत्काल आन्दोलन रोक्छौं ।
भारतीय विदेश सचिव जयशंकरले, मधेसीको माग सम्बोधन गराउनकै लागि आफू नेपाल आएको प्रष्ट्याएका थिए । ‘तपाईंहरुको मागमा हाम्रो समर्थन छ’, तर भारतीय विशेष दुत नेपाल र्ओलेलगतै केपी ओलीसँग भेटे पछि मधेशी नेताहरु निरास भएको देखिए । भारतीय पक्षले तीन दल र मधेशी मोर्चाको वार्ता गराउने आश्वासन दिएको थियो । तर जयशंकरको प्रभाव तीन दलका नेताहरु सामु पर्न नसकेपछि वार्तामा अलमल देखिएको हो ।



तपाईको प्रतिक्रिया