Khadya Bibhag

शान्तिपुर्ण रैलीवाट रौतहटको ८ जना पत्रकार पक्राउ

रौतहत, आश्विन १ गते । रौतहटको सदरमुकाम गौरमा पत्रकारहरु द्धारा ‘प्रेस स्वतन्त्रता कायम गर, पत्रकारमाथि दमन बन्द गर, मधेशी मार्न पाईदैन, हत्या हिंसा बन्द गर’ जस्ता नाराका साथ द हिमालय टाइम्सको पत्रकार प्रभात झाको नेतृत्वमा भइरहेको शान्तिपुर्ण रैली लगाएपछि रौतहटका ८ जना पत्रकार पक्राउ परेका छन् ।
प्रहरी हिरासतमा रहेका पत्रकार राकेश यादवले सहाराटाइम्सलाई दिइएको जानकारी अनुसार करिब दुई बजे पत्रकारहरुले गरिरहेको शान्पिुर्ण रैलीवाट आठ जना पत्रकबारहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
प्रक्राउ पर्ने पत्रकारहरुमा राकेश यादव सहित द हिमालयन टाइम्सका पत्रकार प्रभात झा, ब्रान्तिद्धारका पत्रकार विश्वनाथ राम, तराइ टेलिभिजनका पत्रकार प्रविण तिग्रवाल, मधेशवाणीको पत्रकार राकेश कुमार यादव, संस्कृत एफएमको पत्रकार  किशोरी यादव, लगायत एवीसी टिभीका राकेश यादव, राजदेवी एफएमका राकेश यादव, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम चन्द्र झा र धमेन्द्र साह पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया