काठमाडौँ, असोज १ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर आज काठमाडौँ आउनुभएको छ ।
राष्ट्रपति डा रामवरण यादवसँग उहाँले शीतल निवासमा आज भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल एवम् तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग विदेश सचिव जयशङ्करले अलग अलग भेटघाट गर्नुहुने छ ।
संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उहाँको भ्रमण भएको हो ।
नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले दिनुभएको जानकारीअनुसार विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुहुनेछ ।



तपाईको प्रतिक्रिया