- तीन दल मधेशी मोर्चाको वार्ता
- तीन दलका नेता निराश
- यसरी रोकियो हस्ताक्षर
- सचिव मेननको प्रभाव
काठमाडौ असोज १ गते । हिजो राती १ बजेसम्म बालुवाटारमा तीन दल र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारबीच छलफल भयो । छलफलमा के सहमति भयो भनि कुरा कुनै नेताले बताउन चाहेन । १ः३० बजे राती पत्रकार पनि बालुवाटारमै थिए । वार्ताबाट निस्केपछि नेताहरुले वार्ता सकारात्मक छ भोलीसम्ममा केही कुरा मिल्छ भन्दै पत्रकारको भिडलाई पन्छाएर गएका थिए ।
अबेर रातीसम्म पत्रकारले तीन दल र गच्छदारबीचको वार्ताको निष्कर्षको प्रतिक्षामा बसेका थिए तर नेताहरु केही नभनेपछि पत्रकारहरु राती निराश भएर घर फर्के । तर, त्यही नेताका स्रोतहरु भन्छन्, गच्छदारसँग सबै कुरा मिलिसकेको छ । हस्ताक्षर हुन मात्र बाँकी छ । सिमांकनमा केही हेरफेर भएको छ । सेना फिर्ता लिने, कफ्यू हटाउने, दगां क्षेत्र घोषणा फिर्ता लिने, पक्राउ परेकालाई छाड्ने, मुद्दा फिर्ता लिनेलगायतका विषयमा सहमति भएको छ । यी विषयहरुमा ड्राफ तयार भयो । केही शब्द र अर्थमा कुरा नमिलेपछि एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ र एमालेका नेता भिम रावलबीच केही चर्को कुराकानी पनि भयो । अन्ततः कुरा मिल्यो ।’
अब हस्ताक्षर गर्नुपर्छ भनि शुभ सायत बनाउनका लागि ती नेताहरुले राती १ बजे दही च्यूरा मगाएर खाए । हस्ताक्षरका लागि सबै ठिक पारे तर अचानक अध्यक्ष गच्छदारको मोबाइलमा फोन बज्यो । उनी फोनमा कुरा गर्नका लागि एकछिनका लागि बैठक कक्षबाट बाहिर निस्केका थिए । फोनमा कुरा गरेर फर्केपछि कुरा उल्टियो । उनले पार्टी तथा आफूले गठन गरेका मोर्चाका साथीहरुसँग छलफल गरेर भोली मात्र हस्ताक्षर गर्ने भनेका थिए । यति भनेपछि सबै नेता बैठकबाट बाहिरिएका थिए ।
नेताहरु निराश
मुस्कुराउँदै बैठकस्थल छिरेका केपी ओली निस्कदा निराश देखिएका थिए । ढाका टोपी लगाएर भित्र छिरेका ओलीको टाउको टोपी देखिएका थिएन । पत्रकारसँग एक शब्द नै नबोली गाडी चढेर बालुवाटारबाट बाहिरिएका थिए । प्रचण्डको पनि अनुहार दुखि देखिन्थ्यो । पत्रकारसँग खुलेर कुरा गर्ने कृष्ण सिटौला पनि पत्रकारलाई पन्छाउँदै निस्केका थिए । प्रचण्डलाई पत्रकारले बोलाई रहँदा पनि उनी आउन मानेन, नारायणजी बोल्नु हुन्छ भन्दै निस्के तर नारायणकाजी पनि नबोलि आफ्नो बाटो लागे । विचारनीय कुरा के छ भने गच्छदार वार्तामा आएपछि डा.बाबुराम भट्राई बैठकबाट सन्चो छैन भनि बैठककै शुरैमै बाहिरिएका थिए ।
अखण्ड सुदुरको पक्षमा रहेका शेरबहादुर देउवा पनि केही बेरपछि बैठककै बीचबाट निस्केका थिए ।
यसरी रोकियो हस्ताक्षर
अर्थात एउटै फोनले सबैको मन किन हलायो त ? बुझ्दै जाँदा सहमति हुन लागेको विषय फोरम लोकतान्त्रिका कुनै पनि नेतालाई जानकारी छैन । बालुवाटारकै
बैठकबाट सो पार्टीका महासचिव रामजनम चौधरीको मोवाइलमा फोन गयो कि गच्छदारले आज सहमतिमा हस्ताक्षर गर्दैछ रोक्न सक्नु हुन्छ भने रोक्नुस् । थारुहरुसँगको वार्ता असफल भएको भन्दै बालुवाटारबाट ८.३० बजे बाहिरिएका रामजनम चौधरीले गच्छदारलाई फोन गरेर पार्टीका साथीहरुसँग छलफल नगरिकन आज (विविहार मध्यराती) हस्ताक्षर नगर्नुस् भनि सुझाव दिएका थिए र हस्ताक्षर गर्ने काम स्थगित भएका थिए । आज गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिक पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ । बैठकबाट अनुमोदन भएपछि मात्र तीन दलको बैठक बस्छ र सहमतिपत्रमा गच्छदारले सहमतिपत्रमा हस्ताक्षर गर्नेछ ।
सचिव मेननको प्रभाव
कुरा त्यतिकैले मात्र रोकिदैन । स्रोत भन्छन्, सविधान बहुमतबाट पारित भइसकेपछि विजयकुमार गच्छदारसँग वार्ता गर्नुको कुनै तुक थिएन । अर्थात तीन दलले सविधान जारी भएपछि पनि वार्ता गरेर सविधान संशोधन गरी माग सम्बोधन गर्न सकिन्छ भन्दै आइ रहेका थिए तर सविधान जारी उत्सव मनाउने, दीपावली गर्ने, घोषणासभाको तयारी छाडेर तीन दल किन मध्यरातसम्म गच्छदारलाई मनाउने प्रयास गरे त ? यसमा दूतावास स्रोत भन्छन, सविधान जारी हुँदासम्ममा आन्दोलनकारीलाई मिलाउने प्रयासमा भारत लागेका छन् । भारत चाहदैन कि तीन दलले विजयकुमार गच्छदारसँग वार्ता गरोस् । आन्दोलनमा नरहेका विजयकुमार गच्छदारसँग वार्ता भयो भने त्यसको जस उसैलाई जान्छ र आन्दोलन पनि रोकिदैन । त्यसैले सरकारले आन्दोलनकारी पक्ष अर्थात मधेशी मोर्चासँग वार्ता गर्नुपर्ने पक्षमा रहेको छ ।
त्यसैका लागि भारतीय विदेश मन्त्रालयका सचिव शंकर मेनन आउँदैछन् भनि तीन दलले थाह पाएर मधेशी मोर्चातिर ध्यान नदिएर अध्यक्ष गच्छदारसँग कुरा मिलाएर सहमतिमा हस्ताक्षर गरेर मधेशको आन्दोलनलाई रोक्ने तयारीमा थिए ।
मधेशी मोर्चाभन्दा गच्छदारसँग वार्ता गर्न तीन दललाई सजिलो छ । किनभने गच्छदार १६ बुँदे सम्झौताका हस्ताक्षरकर्ता र तीनदलसँगको धेरै कुरामा मिल्ने भएकाले गच्छदारसँग वार्ता भयो भने थारुको पनि सम्बोधन हुन्छ र मधेशीको पनि सम्बोधन हुन्छ भनेर तीन दलले हतार हतारमा गच्छदारसँग वार्ता गरेर मध्यरातीमा टुग्यांउने पक्षमा थिए । तर, भारत गच्छदारसँग होइन आन्दोलनकारी पक्षसँग वार्ता गर्नुपर्ने भन्दै हस्ताक्षर गर्ने कार्य रोक्न लगाएको स्रोतको दावी छ ।
तीन दल मधेशी मोर्चाको वार्ता
भारती विदेश सचिव मेननकै रोहवरमा आजै तीन दल र मधेशी मोर्चाको बीचमा वार्ता हुने बताइएको छ । मोर्चाको वार्ता सफल भएपनि सविधान घोषणापछि बस्ने पहिलो बैठकले सविधानमा संशोधन गरेर सहमतिको कुरा राख्ने बुझिएको छ ।
तीन दलसँग वार्ताका लागि मधेशी मार्चाका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव काठमाडौमै छन् भने राजेन्द्र महतोको ठाउँमा सो पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण आजै पहिलो फ्ल्याटबाट वीरगञ्जबाट काठमाडौ आएका छन् ।
तीन दल र मोर्चाबीच वार्ता हुनुअघि सचिव मेननले मधेशी मोर्चाका नेतासँग छलफल गर्नेछ । त्यसअघि मेननले प्रधानमन्त्री सुशिल कोइराला, राष्ट्रपति डा.रामवरण यादव, प्रधानसेना पति, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गर्नेछ ।



तपाईको प्रतिक्रिया