काठमाडौं भदौ ३० गते । एमाओवादीका पोलिटव्युरो सदस्य तथा रामकुमार शर्माले एमाओवादी पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् । अन्य नेताहरु पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ ।
राष्ट्रिय मधेसी मुक्ति मोर्चा क्रान्तिकारीका संयोजक समेत रहेका शर्माले मंगलबार जलेश्वरमा एमाओवादी छोडेको घषणा गरेका हुन्। उनले एमाआवादीलाई आफ्नो राजिनामापत्र बुझाई सकेका छन् ।
आन्दोलनको क्रममा जलेश्वरमा मारिएकाहरुको शब यात्रा पछि आयोजित श्रद्वाञ्जली सभामा उनले आफू एमाओवादीमा रहि रहन नसक्ने बताएका थिए।
मधेशको मुद्दालाई नसमेटी जवर्जस्ती सविधान निर्माण गरेको विरोधमना एमाओवादीका मधेशी नेताहरु पार्टी छाड्ने तयारीमा रहेको बुझिाएको छ । केन्द्रीय सदस्य रामरिझन यादव पनि केन्द्रीय समितिबाट राजिनामा दिन अध्यक्ष प्रचण्ड कहाँ पुगेका थिए तर प्रचण्डले नेता यादवको पत्र नबुझेपछि उनी फर्केका थिए ।
राज्यले मधेशी जनतालाई दिन दिनै मारिरहेका छन् । दमन गरिरहेका छन् त्यस अवस्थामा त्यस्तो सविधान लिएर के गर्ने र त्यहाँ पार्टीमा बसेर के गर्ने भन्दै आफूहरु राजिनामा दिने तयारीमा रहेको नेता यादवले बताए । उनले आफू साउन २४ गतेदेखि नै मधेशमा आन्दोलन गरिरहेको उल्लेख गर्दै मधेश आन्दोलनको हिस्सा आफूहरु पनि रहेको पनि बताए । मधेशी नेता तथा सभासद्हरुको आज बैठक बसिरहेको छ । साँझसम्म स्पष्ट हुन्छ कि कतिजनाले एमाओवादी छाड्ने ।
अर्का मधेशी सभासद् प्रभु साहले यस अघि नै सविधानसभाको मतदान प्रकृयामा भाग नलिने घोषणा गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया