काठमाडौ भदौ २७ गते । एक महिनाभन्दा बढी दिनदेखि मधेश पूर्ण रुपमा ठप्प छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत विभिन्न संघ संगठन तथा दलहरु शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेपले हुने गरेको झडपले दुई दर्जन प्रदर्शनकारीको ज्यान गइसकेको छ । त्यस्तै नौ जना प्रहरीको पनि ज्यान गएको छ ।
यसले गर्दा मधेशमा त्रास बढेको छ । को कतिबेला मारिने हो ठेगान छैन तैपनि मधेशी जनता ज्यानको बाजी लगाएर आन्दोलनको रणभूमीका ओर्लेका छन् ।
आन्दोलनमाथि प्रहरीको ज्यादती बढेको कारण सबैतिर चिन्तित तुल्याएको छ तर त्यसले सरकारलाई कुनै असर परेको छैन । यस अवस्थामा प्रहरीको दमन रोक्न र सार्थक वार्ताका लागि सरकारलाई दबाव दिन काठमाडौमा रहेका मधेशी समुदायले विभिन्न गतिविधिहरु गर्न थालेका छन् ।
काठमाडौमा रहेका लाखौ मधेशीहरुलाई मधेशी नागरिक समाजका अगुवाहरुले मधेश बचाउन आह्वान गर्दै मधेशहरुलाई माइतीघर मण्डलामा उपस्थित हुनका लागि आह्वान गरेको छ ।
प्रत्येक मधेशीको घर वा डेराबाट एक एकजना आएर र्यालीमा सहभागि भइ मधेशलाई बचाउन आग्रह गरेको छ । मधेशीको पहिचान र अधिकार सुनिश्चित गर्नका लागि भएपनि शान्तिपूर्ण र्यालीमा सहभागि हुन सबै मधेशीलाई र्यालीमा सहभागि हुन आग्रह गरिएको अधिकारकर्मी विजयकान्त कर्णले बताए ।
उनले अहिले मधेश बचाउने अवस्था आएको छ, मधेश नै नरहे मधेशी कसरी कहलाउने अवस्था सृजना भएको भन्दै मधेशमा प्रहरीद्धारा भइरहेको शृङ्खलावद्ध हत्या र दमनलाई रोक्न काठमाडौका मधेशीको महत्वपूर्ण भूमिका भएकाले एकछिनका लागि भएपनि ४ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेको छ ।
यी नागरिक समाजका अगुवाहरुले संयुक्त राष्ट्र संघका कार्यालय अगाडि पनि धर्ना बसेका थिए भने राष्ट्रिय मानव अधिकार आयोगलाई पनि ध्यानाकर्षण गराएको छ भने राष्ट्रपति कार्यालय अगाडि पनि धर्ना बसेका थियो ।
हिजो मात्रै माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण र्याली निकालेका थिए । र्यालीमा हजारौ मधेशीको सहभागिता थियो र काठमाडौमा अरु धेरै मधेशीहरु छन् जो र्यालीमा आएका थिएन एक दिनका लागि भएपनि सबैलाई र्यालीमा सहभमागि हुन आग्रह गरिएको छ ।



तपाईको प्रतिक्रिया