काठमाडौमा विभिन्न पेस व्यवसायी गरिरहेका मधेशी बुद्धिजिवी तथा पत्रकारहरुले आज माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको छ । मधेशमा देखिएको प्रहरी दमनको विरोध गर्दै तत्काल वार्ता गर्न दवाव स्वरुप सो र्याली निकालिएको हो । र्यालीमा हजारौ मधेशीहरुको सहभागिता थियो । सिके लालदेखि लिएर सुन्दरमणी दिक्षितसम्मको उपस्थिति थियो भने नेतामा डा.अमरेशकुमार सिहलाई पनि देखिएको थियो ।
मधेशी नागरिक समाजका अगुवाहरुले मानव अधिकार आयोगदेखि लिएर राष्ट्रपति कार्यालय र संयुक्त राष्ट्र संघ कार्यालयको अगाडि धर्ना बसि सकेका छन् । र, प्रहरीको दमन जबसम्म रोकिदैन, सरकारले सार्थक वार्ताका लागि तयार हुँदैन तबसम्म दवाव दिइ रहने अधिकारकर्मी विजयकान्त कर्णले बताए ।








































तपाईको प्रतिक्रिया