काठमाडौँ भदौ २६ गते । मधेशमा भइरहेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमने विरोधमा मधेशी युवाहरुको समूहले काठमाडौँ मौन जुलुस निकालेको छ । शुक्रबार साँझ ६ बजे थापाथलीबाट युवाहरुको समूह ‘प्रे फर मधेश’ ले शान्तिपूर्ण मौन जुलुस निकालेको हो ।
जुलुसमा करिब दुई सयको संख्यामा युवाहरुको सहभागिता रहेको ‘स्ट्याण्ड फर मधेश’,‘स्टप किलिङ्ग मधेशी युथ’,‘युएन, व्हेयर आर यू’ लगायतका नारा लेखिएका प्लेकार्ड छातीमा टाँसेर प्रदर्शन गरिएका थिए ।
थापाथलीवाट सयौँको संख्यामा आएको जुलुस माइतिघर मण्डलामा पुगेर शोकसभामा परिणत भएको थियो । जारी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै माइतिघर मण्डलामा मैनबत्ती बाल्नुका साथै एक मिनेट मौन धारण पनि गरिएको थियो ।
कार्यक्रमको संयोजन संयुक्त रुपमा मधेशी युवाहरु प्रविण शाह, सत्येन्द्र ठाकुर, रवि शाह, रामबाबु यादव, हरिनाथ शाह र दिनेश शाहले गरेका थिए ।




तपाईको प्रतिक्रिया