काठमाडौं, भदौ २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पदीय दुरुपयोग गरेको कारण देखाई कारबाही गर्न प्रधानमन्त्री सुशील कोइरालालाई अनुरोध पत्र पठाएको छ ।
हालै राखेप सदस्य सचिवको पदमा नियुक्ति गरिएको प्रकरणलाई गैरकानुनी भएको भन्दै अख्तियारले मन्त्री पौडेललाई कारबाही गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
गत इन्चोन एसियाली खेलकुद २०१४ मा खेलाडी भगाएको विषयमा कारबाहीका भागिदार बनेका केशब विष्टलाई उनले राखेपको सदस्य सचिवमा नियुक्त गरेका थिए । उनीले आफू अदालत जाने बताएका छन् ।



तपाईको प्रतिक्रिया