Khadya Bibhag

शर्त पुरा नगरेसम्म वार्तामा नबस्ने मोर्चाको निर्णय(प्रेस विज्ञप्ति सहित)


भैरहवा, भदौ २४ गते  । प्रमुख तीन राजनीतिक दलले वार्ताको लागि आव्हान गरेको विषयमा छलफल गर्न भैरहवमा बसेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ ।

बिहीबार भैरहवाको रेडसन होटलमा बसेको बैठकले वार्ताको पुर्व शर्तहरु पुरा नगरे सम्म सरकार सँग कुनै पनि वार्ता नगर्ने निर्णय गरेको छ । यो निर्णय पछि अब सरकार र आन्दोलनरत मधेशी मोर्चा बीच वार्ताको सम्भावना लगभग समाप्त भएको छ ।
बैठकमा सहभागी हुनु भएका मोर्चाका नेता, फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले केवल देखावटी वक्तव्यबाजी गरेरमात्रै वार्ता हुन नसक्ने भन्दै, वार्ता गर्ने नै हो भने, सरकारले वार्ताको उचित वातावरण बताउनु पर्छ, मोर्चा जतिबेला पनि वार्ताको लागि निर्णय गर्न तयार छ ।’ भन्नु भयो ।

अध्यक्ष यादवले भन्नु भयो, ‘हामीले पहिलेदेखि नै जुन शर्त राख्दै आएका छौं, ति शर्त पूरा गरे वार्ताको वातावरण बन्छ ।’ उहाँले, वार्ताको वातावरण नबनेसम्म आन्दोलन नरोकिने मोर्चाले निर्णय गरेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया