Khadya Bibhag

सविधानमा हस्ताक्षर नगर्न राष्ट्रपतिलाई पत्र पठाए मधेशी नेताले (पत्रसहित)

काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सविधानसभामा हस्ताक्षर नगर्न भन्दै राष्ट्रपति डा.रामवरण यादवलाई पत्र पठाएका छन् ।
जनकपुरमा रहेका नेताहरुले संयुक्त रुपमा पत्र लेख्दै भनेका छन्, काँग्रेस, एमाले, एमाओवादीले देशमाथि जवर्जस्ती लाद्न खोजेको सविधानले देशमा सम्प्रदायिकता फैलाउने, गृहयुद्ध जस्तो स्थिति उत्पन्न गराई जनताको अधिकार कुण्ठित गर्दै तानाशाही षड्यन्त्र हो । महामहितमाथि नेपालको अन्तरिम सविधान २०६३ को धारा ३६ क को ३ बमोजिम सविधानको संरक्षक र पालनाको रेखदेखको जिम्मेवारी भएको हुँदा नोपलको अन्तरिम सविधान २०६३ को भइरहेको घोर उल्लघन तत्कालन रोक्न, प्रकृया मिची नेपालको अन्तरिम सविधानको २०६३ को दिग्दर्शन, मर्म र भावना विपरित लेखिएको सविधानमा हस्ताक्षर नगर्न र घोषणा समेत नगर्न हार्दिक अपिल गर्दछौ ।’
राष्ट्रपति यादवलाई मेल गरि आज पठाएका छ भने भोली कुरियरमार्फत पठाउने तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालले बताए ।
पत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सभासद् डा. विजयकुमार सिह, नेता एवं पूर्व मन्त्री उमाकान्त झा, सभासद् इन्द्रा झा, नेता महाजन यादव, सद्भावना पार्टिका केन्द्रीय सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य रामप्रसाद गिरी, विजयकुमार रहेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अमरेश नारायण झा र चमेली देवी दास रहेका छन् ।

तपाईको प्रतिक्रिया