Khadya Bibhag

गच्छदारले के के भनेर सविधान निर्माण प्रकृया बहिष्कार गरे

काठमाडौँ, भदौ २२ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधान गर्ने जारी प्रक्रियाबाट अलग भएको जानकारी सविधानसभाका अध्यक्ष सुवाष नेमागंलाई गराएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सिंहदरबारमा सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आज ध्यानाकर्षणपत्र बुझाउँदै सहमति निर्माणका लागि अध्यक्ष नेम्वाङबाट हुने सम्पूर्ण सकारात्मक पहलमा आफ्नो पार्टी रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी बताएका थिए ।

ध्यानाकर्षणपश्चात् सञ्चारकर्मीसित अध्यक्ष गच्छदारले संविधान निर्माणमा नेपाली काँग्रेस, एमाले र एमाओवादीले बलमिच्याँईं प्रवृत्ति देखाएको आरोप लगाए ।

उनले १६ बुँदे सहमतिलाई उल्लङ्घन गरेर प्रमुख तीन दलले छ प्रदेश हुँदै सात प्रदेश बनाउन सहमति गरेको आरोप लगाउँदै तीन दलबीच भएको सात प्रदेशको सहमतिमा आफ्नो पार्टीको समर्थन छैन भने ।

“सहमति गर्दा मैले थारु पनि भनिनँ, मधेसी पनि भनिनँ, १६ बुँदे सहमति गरेँ, थारु र मधेसीले राखेका माग सम्बोधन नभई जारी हुने संविधान दिगो हुँदैन” – अध्यक्ष गच्छदारले भने ।

अध्यक्ष नेम्वाङले अझै संविधान निर्माणको काम बाँकी रहेको र सम्बोधन हुने ठाउँ रहेको जानकारी गच्छदारलाई दिनुभएक थिए ।

तपाईको प्रतिक्रिया