Khadya Bibhag

मधेशी बुद्धिजिवि भन्छन्, मधेश आन्दोलन कुनै जाती र समुदाय विरुद्ध होइन

मोरगं, भदौ २२ गते । मधेसी मोर्चा निकट बुद्धिजीवीले राजनीतिक स्थायित्व कायम गर्ने संविधान जारी गर्न माग गरेका छन् ।

जनआन्दोलन चोकमा आज आयोजित कोणसभामा मोर्चामा आबद्ध बुद्धिजीवीले हाल तराई मधेसमा चलिरहेको आन्दोलन कुनै जाति र समुदाय विशेषमा लक्षित नभई आफ्नो अधिकार प्राप्तिका लागि भएकाले अग्रगामी सोचका साथ सबै समुदायलाई सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक भगवान झा, राजनारायण यादव, डा नन्दलाल साह सहप्राध्यापकद्वय परशुराम भगत, राजेन्द्र गुप्ता, महिला सञ्चारकर्मी राधा मण्डललगायतले जुन समुदायका लागि सङ्घीयतासहितको संविधान बन्नुपर्नेमा सोही वर्गलाई उपेक्षित गर्न खोजिएको आरोप लगाउनुभयो ।

यसअघि मधेसी, थारु र आदिवासीलगायतका आन्दोलनको सर्मथन जनाउँदै सो मोर्चाद्वारा रोडशेषचोकबाट निकालिएको ¥यालीले ट्राफिकचोक, मेनरोड हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरी जनआन्दोलनचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया