रितेश यादव, सर्लाही, भदौ २२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्षेत्र नं.३ बरहथवा सर्लाहीका महिला मोर्चा द्धारा हजारौँ हजारको सहभागितामा बृहत झाडु (कुच्चो) प्रर्दशन गर्दे विरोध ¥याली निकालिएको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज २४ दिनसम्म जारी रहेको आमहडताल र आन्दोलनले सर्लाही वासी र सर्लाहीको नेताहरुलाई झन उर्जा थपेको देखिएको छ ।
हजारैँको सहभागितामा रहेको मधेशी महिला मोर्चाको बृहत भाडु प्रर्दशन र विरोध ¥याली नगर परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । झाडु प्रर्दशन तथा विरोध ¥यालीमा पूर्व सभासद किरण देवी, तराई मधेश लोकतन्त्रिक पार्टीको सभासद उवंम केन्द्रिय सदस्य केदारन्न्दन चौधरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी महिला मोर्चाको अध्यक्षता गर्दे पूर्व सभासद किरण देवीले सम्बोधन गर्दै संविधान निर्माण प्रक्रियामा मधेशी लगायतको मागहरुलाइृ सम्बोधन गर्दे महिलाहरुको अधिकारको सुनिश्चिता हुनु पर्ने तर यस्तो विषम परिस्थिती ल्याउनमा राज्य नै दोषी रहेको ठहर गर्नु भएको छ ।
कोण सभाको अध्यक्षतालाई सम्बोधन गर्दै नेतृ किरणले भने, महिला भनेको लक्ष्मी, सरस्वति तथा देवीको रुप मानिन्छ, तर यहि महिलालाई राज्यले गरेको दमन र दुव्र्यव्यहारले दुर्गा रकालीको रुप लिन बाध्य नवनाओस नत्र मुलुकले धेरै ठुलो मूल्य चुकाउनु पर्ला । तर्सथ राज्यले बेलैमा सजग र सचेत भई सबैको मर्मलाई समेटने गरि संविधान निर्माण गर्न तिर लाग्नु नै उचित रहेको प्रष्ट पार्नु भयो ।
कोणसभामा मोर्चाका एक अर्का घटक तराई मधेश लोकतान्त्रिक पार्टी सभासद केदारन्न्दन चौधरीले सम्बोधन गर्दै भने, केही नेताको गलत आडका कारण मुलुक संकटको भुमरीमा फसिरहेको बताए । उनले मधेशका जनताले उठाएको सहि मागलाई सरकारले तुरुन्तै सम्वोधन गर्नुपर्ने भन्दै जनताको शान्तिपूर्ण आन्दोलनमा सेना परिचान गर्नु गलत भएको बताए । र आफु अव जनताको अधिकार प्राप्त्किो लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता समे व्यत्तः गर्नु भयो ।
मधेसी महिला मोर्चा सर्लाहीको अगुवाइमा बरहथवामा निकालिएको झाडु जुलुसमा प्रर्दशन र विरोध ¥यालीले नगर क्षेत्रका साथै ग्रामीण क्षेत्रबाट समेत गरी झन्डै ५ हजारभन्दा बढी महिलाको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया